Shikhar Insurance
National Life

सुरू भयो फुटवेयर बिजनेस एक्स्पो, एकै छानोमुनि छान्नुस् ३ हजार प्रकारका जुत्ताचप्पल

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २६, शुक्रबार २०:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । एफम्यान फुटवेयर बिजनेस एक्स्पो २०७८ आजबाट शुरु भएको छ । स्वदेशी वस्तुको प्रवर्द्धन हाम्रो अभियान भन्ने नाराका साथ  आज एक कार्यक्रमका बिच प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले पानसमा दियो बालेर मेलाको उद्घाटन गरेका हुन् ।

प्रमुख अतिथि ढकालले जुत्ता चप्पलमा नेपाल आत्मनिर्भर बन्दै गएकोले स्वदेशी उत्पादनका जुत्ता चप्पलको कारोबार गर्नुपर्नेमा जोड दिए । आफ्नो देशको उत्पादन प्रयोग बाट मात्र समृद्धि को पहल गर्न सकिने र आफ्नै स्वदेशी वस्तुको प्रयोग र निर्यात बढाए मात्र हामी व्यवसायी सँग सँगै देश पनि उभो लाग्ने विचार राखे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

फुटवेयर म्यानुफ्याम्चरर्स एशोसिएसन अफ नेपालले हरेक बर्ष गर्दे आइरहेको एक्स्पो यसपालि पनि प्रदर्शनी मार्ग स्थित भृकृटीमण्डपमा आयोजना गरेको हो ।

मेलामा नेपालका चर्चित ३० वटा कम्पनिहरुका ३ हजार थरिका जु्त्ता चप्पलहरु राखिएको छ । ६० वटा भन्दा बढि स्टलहरु रहेको मेलामा उपभोक्ताले छानी छानी सस्तो मुल्यमा गुणस्तरिय जुत्ता चप्पल खरिद गर्न सक्नेछन् । मेला १५ प्रतिसत देखि ५० प्रतिसत सम्म छूट पाउनुका साथै नयाँ नयाँ मोडेलका जुत्ता तथा चप्पल ,बालबालिका तथा लेडिज जुत्ता चप्पल उपलब्ध छ ।मेला कार्तिक २६ गतेदेखी मंसिर १३ गतेसम्म चल्नेछ ।

संघको आयोजनाको यो तेस्रो ब्यापारीक मेला हो । बर्षमा २ पटक काठमाण्डौँमा र हरेक प्रदेशमा बर्षमा एक पटक ब्यापारीक मेला आयोजना गर्नेसंघको निति अनुसार यो बर्षको पहिलो मेला आज (कार्तिक २६) गतेबाट सुरु भएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्