Shikhar Insurance
National Life

‘ग्यारेन्टी गरेर आउनुहोस्, विलम्ब नगरी विद्युत व्यापारको लाइसेन्स दिउँला’

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २६, शुक्रबार १६:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री फम्फा भुसालले विद्युत् व्यापारका लागि तथ्यगत आधार प्रस्तुत गरे निजी क्षेत्रलाई पनि अनुमति दिने बताएकी छन् । परम्परागत तवरले भन्दा पनि परिवर्तित यथार्थमा रहेर जलविद्युत क्षेत्रका निर्णय लिइने स्पष्ट पार्दै उनले निजी क्षेत्रले पनि नयाँ ढङ्गले सोच्नुपर्ने समय आएको बताइन् ।

आज मन्त्रालय पुगेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल(इपान)लाई मन्त्री भुसालले विद्युत् व्यापार गर्न सक्छौँ भन्ने विश्वासिलो आधार प्रस्तुत गरे सरकारले अनुमति दिने स्पष्ट पारिन् । उनले भनिन्, “तर्क र बहस मात्र होइन, हामी विद्युत् बिक्री गर्न सक्छौँ भन्ने ग्यारेन्टी गरेर आउनुहोस्, धेरै विलम्ब नगरिकन अनुमति दिउँला ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

हाल नेपाल विद्युत प्राधिकरणले एकलौटी रूपमा विद्युत व्यापार गर्दै आएको छ ।

विद्युत व्यापार संवेदनशील विषय भएको बताउँदै मन्त्री भुसालले विद्युत् परम्परागत तवरलेभन्दा पनि जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिइन् ।

मन्त्री भुसालले विद्यमान चुनौतिलाई सामना गर्दै अगाडि बढ्न सके व्यावसायिकरुपमा निजी क्षेत्र सफल र व्यवस्थापकीय पाटोमा पनि सफल हुँदै जाने विश्वास व्यक्त गरिन् । विकास नियमित हुने प्रक्रिया भएको र त्यसभित्रका जटिलतालाई स्वाभाविकरुपमा लिनुपर्ने बताउँदै उनले भनिन्, “व्यावसायिक रुपमा निजी क्षेत्र सफल हुने, नीतिगत र राजनीतिक रुपमा मन्त्रालयको नेतृत्व सफल हुने र समग्रमा सबै सफल हुने नीति मन्त्रालयले बनाउँछ ।”

सो अवसरमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्लो नेतृत्व आएपछि विद्युत खपतसहितका अन्य महत्वपूर्ण निर्णय लिएर काम गरिरहेको स्पष्ट पारिन् । जलविद्युत विकास र व्यापारका विषयमा मन्त्रालय र प्राधिरण गम्भीर भएर लागेको बताउँदै उनले निजी क्षेत्रले मागको विद्युत प्राधिकरणले तत्काल स्वीकृत गरी दिए पनि निजी क्षेत्रका पूर्वाधार तयार नभएकाले तत्काल खपत हुने स्थिति नरहेको जानकारी दिइन् ।

विद्युत् विकास विभागका महानिर्देशक सन्दीपकुमार देवले विभागले निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढेको उल्लेख गर्दै आगामी दिनमा प्रक्रियागत ढिलासुस्ती हटाउन विभाग लाग्ने विश्वास दिलाए । सो अवसरमा इपानका अध्यक्ष कृष्ण आचार्यसहितका प्रतिनिधिले विद्युत् क्षेत्रमा देखिएका समस्याबारे मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।

नेपाल पूर्वाधार बैंकको एउटा कम्पनी र स्वतन्त्र ऊर्जा उत्पादकहरूको अर्को कम्पनी विद्युत व्यापार लाइसेन्सको प्रतिक्षामा छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्