Shikhar Insurance
National Life

वाणिज्य बैंकहरूमा रहेको निक्षेप घटेको घट्यै, सीडी रेसियो ८९.८७% पुग्यो

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २५, बिहीबार १४:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । वाणिज्य बैंकहरूमा रहेको निक्षेप घट्ने क्रमले निरन्तरता पाएको छ । कात्तिकको पहिलो १२ दिनमै २२ अर्ब रूपैयाँ निक्षेप कम भएकमा १७ गतेसम्म थप ९ अर्ब रूपैयाँ कम भएको हो ।

नेपाल बैंकर्स संघका अनुसार कात्तिक १२ गतेसम्म वाणिज्य बैंकहरूमा ४२ खर्ब ४६ अर्ब ८७ करोड रूपैयाँ निक्षेप थियो जुन १७ गतेसम्म घटेर ४२ अर्ब ३८ अर्ब ८ करोड रूपैयाँमा आइपुगेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अधिकांश वाणिज्य बैंकहरूले ब्याज बढाएपनि कर्जाको स्रोत जोगाइराख्न उनीहरूलाई हम्मेहम्मे परेको हो ।

यता कर्जा प्रवाह भने ५ दिनमै ७ अर्ब रूपैयाँ बढेको छ । संघका अनुसार कात्तिक १२ सम्म बैंकहरूले ४० खर्ब १७ अर्ब ६१ करोड रूपैयाँ कर्जा प्रवाह गरेकामा १७ गतेसम्म यो बढेर ४० खर्ब २५ अर्ब ५ करोड रूपैयाँ पुगेको छ ।

संघका अनुसार वाणिज्य बैंकहरूको औसत कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ८९.८७ प्रतिशत कम छ । अर्थात बैंकहरूले निक्षेपको ०.१३ प्रतिशतमात्र कर्जा प्रवाह गर्ने स्पेस बाँकी छ ।

नेपाल राष्ट्र बैंकले सीडी रेसियोलाई असार मसान्तभित्रमा ९० प्रतिशतमा झारिसक्न निर्देशन दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्