काठमाडौं । लक्ष्मी बैंकले लगानीकर्तालाई दिने लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट साढे ११ प्रतिशत लाभांश घोषणा गरेको हो ।
बैंकको २४९औं संचालक समितिको बैठकले ११.५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसमा बैंकले गत आवको मुनाफाबाट चुक्ता पुँजीको ८ प्रतिशतबोनश सेयर र कर प्रयोजनका लागि ३.५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
घोषित लाभांश बैंकले राष्ट्र बैंकको स्वीकृत पछि आगामी वार्षिक साधारणसभामा वितरण गर्ने उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस्