Shikhar Insurance
National Life

१२ दिनमै सबै प्रकारको इन्धनको मूल्य बढ्यो, ग्यासको भाउ ७५ रूपैयाँ महंगो (कसको कति ?)

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २४, बुधबार २०:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले सबै प्रकारको इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्ट्रितेलको मूल्य प्रतिलिटर ३ रूपैयाँ बढाएको छ । अब पेट्रोल प्रतिलिटर १ सय ३६ रूपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको भाउ १ सय १९ रूपैयाँ पुगेको छ ।

यसैगरी खाना पकाउने ग्यासको मूल्य ७५ रूपैयाँ बढेर प्रतिसिलिन्डर १५ सय ७५ रूपैयाँ पुगेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

निगमले कात्तिक १२ गतेमात्र इन्धनको भाउ बढाएको थियो ।

तेलको भाउ बढाउँदा पनि निगमलाई १५ दिनमा पौने ३ अर्ब रूपैयाँ घाटा हुनेछ । निगमलाई सबैभन्दा बढी घाटा ग्यासमा छ । ग्यास बेच्दा निगमले प्रतिसिलिन्डर ६ सय ५७ रूपैयाँ ८४ पैसा घाटा बेहोर्छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्