Shikhar Insurance
National Life

यसपालीको बर्खाले बिगार्‍यो देशभरका अढाइ सय सडक, २ वटा अझै खुल्न सकेनन्

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २४, बुधबार १८:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । यस वर्ष वर्षाका कारण देशभरका २४८ सडकमा क्षति पुगेको छ । क्षति पुगेका दुई सय ४६ सडक पुनःनिर्माण गरिए पनि अझै दुई सडक खुल्न सकेको छैन । गत जेठ अन्तिम सातादेखि कात्तिकको पहिलो सातासम्म परेको वर्षाका कारण ति सडकमा क्षति पुगेको हो ।

बझाङको जालिबगर र नारुगाडमा सडक अवरुद्ध छ । सेती नदीले दुई स्थानमा गरी झण्डै पाँच सय मिटर सडक बगाएको छ । नदीमा पानीको बहाव कम भएपछि मात्रै सडक खुलाउन सकिने सडक विभागले जनाएको छ । यस्तै सुर्खेत–दैलेख–महावुलेख–गाल्जे नाग्मा–गमगढी–नाक्चेलाग्ना सडकअन्तर्गत जुम्लाको जिया भिरमा सडक अवरुद्ध छ । कात्तिक १७ गते सुक्खा पहिराका कारण सो सडक अवरुद्ध भएको थियो । उपकरणको प्रयोग गरी सडक खुलाउने प्रयास भइरहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

जेठदेखि १४६ सडक आंशिक रुपमा मात्रै सञ्चालनमा रहेका विभागले जनाएको छ । हाल एक सय सडक मात्रै पूर्णरुपमा सञ्चालनमा छन् । सडक अवरुद्ध हुनासाथ सवारीसाधन एकतर्फी रुपमा सञ्चालनको व्यवस्था गरिएको थियो । वर्षा रोकिएकाले दुईतर्फी सडक खुलाउने विभागको योजना छ । विगत वर्षभन्दा बढी वर्षा भएकाले यस वर्ष सडक र पुलमा बढी क्षति पुगेको हो । सबैभन्दा लामो समयसम्म बेंसीसहर–चामे सडक अवरुद्ध भएको थियो । कतिपय सडक असारमा अवरुद्ध अवरुद्ध भएपनि कात्तिकको वर्षाले पुनः अवरुद्ध हुन पुगेका थिए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्