Shikhar Insurance
National Life

दोधारा चाँदनी सुक्खाबन्दरगाहः वातावरणीय प्रभाव मूल्याङ्कन सकियो

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २४, बुधबार १८:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । कञ्चनपुरको दोधारा चाँदनीका स्थापनाको प्रस्ताव गरिएको सुक्खाबन्दरगाहको वातावरण प्रभाव मूल्याङ्कन(इआइए)को काम सकिएको छ । दोधारा चाँदनीको मायापुरी र गौरीशङ्कर सामुदायिक वन क्षेत्रमा स्थापना गर्ने सुक्खाबन्दरगाहको कागजी कामसमेत सकिएको वाणिज्य तथा आपूर्ति मन्त्रालय र वन मन्त्रालयमा भइरहेको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए ।

“केही समयअघि मात्रै इआइएका लागि फिल्डमा काम थालेका थियौँ,” निर्देशक गजुरेलले भने, “सुक्खाबन्दररगाहको सम्भाव्यता अध्ययन र गुरुयोजनासमेत बनिसकेको छ ।” उहाँले इआइए स्वीकृतिपछि अन्य काम थालिने बताए । विसं २०६२/६३ को जनआन्दोलन सकिएसँगै कञ्चनपुरको दोधारा चाँदनीमा सुक्खाबन्दरगाह बनाउने प्रस्ताव तत्कालिन सरकारले अघि सारेको थियो । यहाँ स्थापना हुने सुक्खाबन्दररगाह र एकीकृत जाँच चौकीको गुरुयोजनासमेत बनिसकेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

तीन वर्ष दश महिनाभित्र सुक्खाबन्दरगाह बनाउन लक्ष्य रहेको इन्टरमोडल यातायात विकास समितिको भनाइ छ । दुई सय ७८ बिघा क्षेत्रफलमा बन्ने बन्दरगाह निर्माणका लागि रु सात अर्ब लागत अनुमान गरिएको कार्यकारी निर्देशक गजुरेलले बताए । सुक्खाबन्दरगाह भित्र कष्टम, वेट ब्रजि, बैंक कष्टम, ल्याब, वायर हाउस, ट्रक पार्किङ, वाटर ट्यांक एरिया, डिष्पोजल एरिया, प्रहरी फोर्स, क्वारेन्टाइन ब्लक, रेलवे प्लाटफम, रेलवे वायर हाउस र कन्टेर यार्डलगायत संरचना बन्नेछन् ।

त्यसैगरी कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले सुक्खाबन्दरगाह निर्माणमा ढिलाइ गर्न नहुने बताए । उनले दशक अघिदेखि सुक्खाबन्दरगाह निर्माणको तखबर रहे पनि सुरु हुन ढिलाइ भइरहेको बताए । “सुक्खाबन्दरगाह सञ्चालनमा आए सुदूरपश्चिमकै समृद्धिका लागि ठूलो टेवा पुग्छ ।” अध्यक्ष मल्लले भने, “सुक्खाबन्दरगाहको निमार्णमा निजी क्षेत्र सहयोग गर्न तयार छ ।”

GBIME

प्रतिक्रिया दिनुहोस्