Shikhar Insurance
National Life

पूर्वप्रधानन्यायाधीशलाई ११ वर्ष जेल सजाय

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २४, बुधबार १२:१८
Hyundai
NCELL
NIMB

एजेन्सी । बंगलादेशको एक अदालतले पूर्वप्रधानन्यायाधीशलाई दोषी ठहर गर्दै ११ वर्ष जेल सजाय सुनाएको छ । विशेष अदालतले पूर्वप्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हलाइ दोषी ठहर गरेको हो । सिन्ह्वा वंगलादेशको अल्पसंख्यक हिन्दू समुदायबाट देशको पहिलो प्रधानन्यायाधीश बनेका थिए ।

सम्पत्ति शुद्धीकरण र ठगीसम्बन्धी छुट्टाछुट्टै अभियोगमा उनलाई ११ वर्ष जेल सजाय सुनाइएको हो । उनले यी दुई मुद्दाको अलग अलग सजाय भोग्नु पर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

राजधानी ढाकाको विशेष अदालतका न्यायाधीश शेख नजमुल अलामले मंगलबार सिन्ह्वालाई सम्पत्ति शुद्धीकरण अभियोगमा सात वर्ष र ठगी अभियोगमा चार वर्ष सजाय सुनाएका थिए । सिन्ह्वा हाल क्यानडामा बस्छन् ।

७० वर्षीय सिन्ह्वाले अन्य सात जनासँग मिलेर नक्कली कागजात प्रयोग गरेर एउटा बैंकबाट चार करोड टाका रकम हिनामिना गरेको अदालतको ठहर छ ।

अदालतले दोषी ठहर गरेका अन्य आठ जनालाई पनि फरक फरक सजाय तोकिएको छ । यसअघि जनबरीमा ढाकाको एक अदालतले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सिन्ह्वा सन् २०१५ को जनबरीमा बंगलादेशको सर्वोच्च अदालतको २१ औं प्रधानन्यायाधीश भएका थिए ।

सन् २०१६ मा विदा लिएर अमेरिका गएका सिन्ह्वाले उतैबाट राजीनामा दिएका थिए । उनले सन् २०१७ को नोभम्बरमा राजीनामा दिएका थिए । विदेशमा रहँदा उनले लेखेको पुस्तक ‘ए ब्रोकन ड्रिम’ विवादमा तानिएको थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्