Shikhar Insurance
National Life

फेरि बढ्यो सुनको मूल्य, आजको भाउ कति ?

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २४, बुधबार ११:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएकोमा बुधबार चार सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएको हो ।

सोमबार १५ सयले बढेको सुनको मूल्य मंगलबार भने २ सयले घटेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बुधबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार ४४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७९ हजार ४५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य स्थिर भएको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ । मंगलबार पनि सोहि मूल्य नै कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार २५० पैसा कायम भएको महसंघले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्