Shikhar Insurance
National Life

नेप्सेमा ७९ दशमलव ७९ अंकको पहिरो

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २३, मंगलवार १६:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तिहारपछिको दोस्रो कारोबारमा पहिरो गएको छ । नेप्से मंगलबार ७९ दशमलव ७९ अंकले घटेर २७४९.८५ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

नेप्सेमा कारोबारमा आएका २२५ कम्पनीको १ करोड १९ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ५२ करोड २७ लाख बराबरको कारोबार भएको छ । कारोबारको आधारमा सबैभन्दा बढी नबिल बैंकको भएको छ । बैंकको मंगलबार २९ करोडभन्दा बढीको कारोबार भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कारोबारमा आएका सबै समूह राताम्मे भएका छन् । मंगलबार सबै समूहको सूचकमा एकदेखि पाँच प्रतिशतभन्दा धेरैको गिरावट आएको छ । कारोबार भएका कम्पनीमध्ये तीन कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको नेप्सेले जनाएको छ । सेयर मूल्य उच्च वृद्धि हुनेमा साहस ऊर्जा कम्पनी, तेह्रथुम पावर कम्पनी र महिला लघुवित्त वित्तीय संस्था रहेका छन् । आईसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकका लगानीकर्ताले सर्वाधिक नोक्सान व्यहोरेका छन् । यी कम्पनीको सेयर मूल्य १० प्रतिशतले ओरालो लागेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्