Shikhar Insurance
National Life

अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह रोक्न गभर्नरको निर्देशन

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २३, मंगलवार १७:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरूलाई अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह नगर्न निर्देशन दिएका छन् । मंगलबार नेपाल बैंकर्स संघको वार्षिक साधारणसभामा उनले संयमित भएर कर्जा विस्तार गर्न तथा आर्थिक वृद्धिमा सहयोग पुग्ने क्षेत्रमा कर्जा लगानी गर्न बैंकहरूलाई निर्देशन दिए ।

“बैंकहरूले धेरै उत्पादनशील क्षेत्रमा कर्जा लगानी गर्नुपर्ने स्थिति आएको छ,” अधिकारीले भने, “बैंकिङ क्षेत्रको वृद्धिदर आर्थिक वृद्धिदरसँग तादम्यता हुनुपर्छ ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकहरूले केही समययता वित्तीय सुशासन उलंघन गरेको, कोभिड पछि ६ महिनासम्म कर्जा तिर्ने समय थप गर्दा कर्जा रिकभरी नभएको, कर्जाको विस्तार अत्यधिक भएको कारण तरलतको ठुलो समस्या भएको उनको भनाइ छ ।

गभर्नरले भने, “समग्र आर्थिक क्षेत्र चुनौतिबाट गुज्रिएको छ। वित्तीय क्षेत्रमा समस्या भइरहेकै छ । बैकिङ क्षेत्रमा महामारीमा सुपरभिजन नअुँदा सुशासनमा कमि देखिएको छ ।”

GBIME

प्रतिक्रिया दिनुहोस्