Shikhar Insurance
National Life

नेपाल राष्ट्र बैंकको स्वायत्ता र बैंकहरूको माइक्रो म्याजेनमेन्टबारे अर्थविद शर्माले उठाए प्रश्न

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २३, मंगलवार १७:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थविद शंकर शर्माले नेपाल राष्ट्र बैंकको स्वायत्ता र बैंकहरूको माइक्रो म्याजेनमेन्टबारे प्रश्न उठाएका छन् । मंगलबार नेपाल बैंकर्स संघको कार्यक्रममा शर्माले केन्द्रीय बैंकको सञ्चालक समितिमा सरकारको डोमिनेसन हुनु ठीक नभएको र यसबारे पुनर्विचार गरिनुपर्ने बताए ।

“सरकारको निर्देशनमा राष्ट्र बैंकको बोर्ड बैठक कहिले सम्म ?।” शर्माको प्रश्न छ । सरकारको कति निर्देशन र सुझाव राष्ट्र बैंकले मान्ने भन्ने प्रश्न उनको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

अर्थविद डा. शर्मा नेपाल बैंकर्स संघबाट सम्मानित

उनले केन्द्रीय बैंक बैंकहरूको आन्तरिक व्यवस्थापनमा लागेको पनि आरोप लगाए । शर्माका अनुसार नेपालको बैंकिङ क्षेत्रको पुनर्स्थापन अझै आवश्यक रहेको उल्लेख गर्दै रिक्सवेस सुपरिवेक्षण र डिजिटल बैकिङमा राष्ट्र बैंकले थप व्यवस्था गर्नुपर्ने बताए । ३ वटा सरकारी बैंकमा सुधारको आवश्यक रहेको औंल्याउँदै उनले अन्य बैंकसँग प्रतिस्पर्धा गर्न नसकेको दाबी गरे ।

उनले अहिले ऋणको गुणस्तरमा प्रश्न पनि उठेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्