Shikhar Insurance
National Life

अझै सस्तियो डलर, विनियमदर १ सय १८ रूपैयाँ (कुन मुद्राको कति ?)

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २३, मंगलवार १२:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ १३ पैसा र बिक्री दर ११८ रुपैयाँ ७३ पैसा कायम गरेको छ ।

सोमबार अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ८४ पैसा र बिक्री दर ११९ रुपैयाँ ४४ पैसा कायम थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

युरोपियन यूरो एकको खरिद दर १३६ रुपैयाँ ५६ पैसा र बिक्री दर १३७ रुपैयाँ २५ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६९ रुपैयाँ ३६ पैसा र बिक्री दर १६० रुपैयाँ १७ पैसा छ । यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ १३ पैसा र बिक्री दर १२९ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ४६ पैसा र बिक्री दर ८७ रुपैयाँ ९१ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ९० पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ३८ पैसा रहेको छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४२ पैसा र बिक्री दर १० रुपैयाँ ४७ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४७ पैसा र बिक्री दर १८ रुपैयाँ ५७ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ५० पैसा र बिक्री दर ३१ रुपैयाँ ६६ पैसा छ भने कतारी रियाल एकको खरिर दर ३२ रुपैयाँ ४४ पैसा र बिक्री दर ३२ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५८ पैसा रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्