Shikhar Insurance
National Life

बोर्डद्वारा सीईओ रेग्मीको बचाउ, ‘कर्मचारीको व्यवहार र ढिलासुस्तिको विषय उठाउँदा कुटपिटको हल्ला’

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २२, सोमबार १८:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल पर्यटन बोर्डले आफ्ना प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीको बचाउ गरेको छ । आफ्ना सीईओ रेग्मीले त्रिभुवन भन्सार कार्यालयका कर्मचारीलाई कुट्पिट गरेको खबरमा कुनै सत्यता नभएको दाबी गरेको छ ।

बोर्डले बिज्ञप्ति जारी गर्दै सामान्य भनाभनलाई सञ्चार माध्यमले कुटपिटसँग जोडेर झुटो खबर सम्प्रेषण गरेको जनाएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्तो छ, बोर्डको विज्ञप्तिः

बेलायतमा सन् २०२१ नोभेम्बर १ देखि आयोजित अन्तर्राष्ट्रिय ट्राभल मार्ट World Travel Market (WTM) 2021 मा सहभागीभई नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा मिति २०७८ कार्तिक २० गते विहान नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुखडा. धनन्जय रेग्मीर विमानस्थल भन्सार कर्मचारीका बीच भएको सामान्य कुरालाई लिएर केही सञ्चार माध्यममा आएको समाचार प्रति नेपाल पर्यटन बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ । बोर्डका कार्यकारी प्रमुख डा.रेग्मी आगमन कक्षमा रहेको भन्सार चेकजाँच गर्ने ठाउँमा आएको समयमा भन्सार जाँचपासमा खटिएका कर्मचारीहरुको व्यवहार र ढिलासुस्तिको विषय उठाउँदा त्यसलाई अतिरञ्जित गरी डा. रेग्मी र बोर्डको समेत मर्यादामा आँचआउने ढंगले प्रचार गरिनु दुःखद् विषय हो ।

उक्तदिन भन्सार चेकजाँचमा खटिएका विमानस्थल भन्सारका कर्मचारीसँग त्यहाँको अव्यवस्थालाई सुधार गरी चेकजाँच छिटो गर्न आग्रहगर्दा सामान्य कुराकानीकै क्रममा सामान्य भनाभ नभएको र सोहीक्रममा बोर्डका कार्यकारी प्रमुखलाई भन्सार कर्मचारीले अमर्यादित भाषा प्रयोग गरेपछि बोर्डका कार्यकारी प्रमुखडा. रेग्मीसँगको सामान्य भनाभनको विषयलाई लिएर कर्मचारीमाथी कुटपीट नै गरेको भन्ने कुरामा कुनै सत्यता नरहेको स्पष्ट पार्न चाहन्छौं । त्यसैगरी कार्यकारी प्रमुखले मदिरा सेवन गरेको भन्ने विषय गलत र भ्रामक रहेको समेत जानकारी गराउन चाहन्छौं । कुनै पनिविषयमा समाचार सम्प्रेषण गर्नु अघि दुवै पक्षको दृष्टिकोण समावेश गर्नुपर्ने सामान्य मान्यतालाई समेत वेवास्ता गर्दै एकपक्षीय रुपमा बोर्डका कार्यकारी प्रमुख र बोर्डको छविमा समेत आँचआउने गरी प्रकाशित समाचार प्रतिनेपाल पर्यटन बोर्ड घोर भत्सर्ना गर्दछ ।

नन्दिनी लाहे थापा
प्रवक्ता
नेपाल पर्यटन बोर्ड

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्