Shikhar Insurance
National Life

रक्सी खाएर कर्मचारी कुट्ने सीईओलाई ३ दिने अल्टिमेटम, चित्तबुझ्दो जवाफ नआए कारबाही

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २२, सोमबार १८:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । त्रिभुवन बिमानस्थलमा भन्सारका कर्मचारी पिट्ने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीलाई पर्यटन मन्त्रालयले स्पष्टीकरण सोधेको छ । बिमानस्थलमा गरेको हर्कतबारे जवाफ दिन मन्त्रालयले रेग्मीलाई ३ दिन समय दिएको छ ।

रेग्मीले सो अवधिमा चित्तबुझ्दो जवाफ नदिए कारबाही गरिने मन्त्रालय स्रोतले सिंहदरबारलाई जानकारी दियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘एयरपोर्टमा कर्मचारी कुटेको आरोप लागेपछि रेग्मीलाई ३ दिनभित्र स्पष्टिकरण पेश गर्न भनेका छौं, चित्तबुझ्दो जवाफ नआए कारबाही हुन्छ,’ स्रोतले भन्यो ।

रेग्मीले स्वदेश फर्कने क्रममा बिमानस्थलमा भन्सारका कर्मचारीमाथि हातपात गरेका थिए । उनले त्यतिबेला मदिरा सेवन गरेको आरोप लागेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्