Shikhar Insurance
National Life

मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत, एमाले सरकारको बदमासी उजागर गर्ने श्वेतपत्र जारी गर्दै

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २२, सोमबार १८:१५
Hyundai
NCELL
NIMB

हेटौँडा । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको सोमबार बसेको बैठकमा उनले विश्वासको मत प्राप्त गरेका हुन् ।

एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले अल्पमतमा परेर राजीनामा दिएपछि गठबन्धनको समर्थनमा पाण्डे ११ कात्तिकमा मुख्यमन्त्री बनेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले सोमबार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका हुन् ।

मुख्यमन्त्री पाण्डेले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावको पक्षमा बहुमत मत परेकोसभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए ।

बाग्मती प्रदेशसभामा हाल १०९ सदस्य रहेकोमा विश्वासको मतका लागि बहुमत ५५ जना सदस्यको समर्थन चाहिन्छ । सभामुख श्रेष्ठकाअनुसार बैठकमा उपस्थित १०४ मध्ये प्रस्तावको पक्षमा ५९, विपक्षमा ४३ र तटस्थ दुई मत परेको हो ।

प्रस्तावको पक्षमा परेको ५९ मत बहुमत रहेकाले मुख्यमन्त्री पाण्डेले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको सभामुख श्रेष्ठले घोषणा गरेका हुन् ।

प्रदेशसभामा एमालेका ४३, माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३, विवेकशील साझा पार्टीका तीन, नेमकिपा र राप्रपाका दुई/दुई, जनता समाजवादी पार्टी नेपालका एक जना सांसद छन् ।

गठबन्धनमा माओवादी केन्द्र, कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी आवद्ध छन् । मुख्यमन्त्री पाण्डे एकीकृत समाजवादीका नेता हुन् ।

यसैबीच मुख्यमन्त्री पाण्डेले सरकारका तर्फबाट श्वेतपत्र जारी गर्ने बताएका छन् ।

प्रदेशसभाको सोमबारको बैठकमा विश्वासको मत माग्ने क्रममा उनले पूर्ववर्ती सरकारले गरेका काम, गर्न बाँकी रहेका कार्य र गर्न नहुने गरेका कार्यलाई समेटेर श्वेतपत्र जारी गर्ने जानकारी दिएका हुन् ।

आफ्नो सरकारले क्यालेन्डर बनाएर काम गर्ने भन्दै उनले राम्रो काम गर्नेलाई प्रोत्साहन र राम्रो काम नगर्नेलाई दण्डित गर्ने बताए । प्रदेशसभाको जारी बैठकमा मुख्यमन्त्री पाण्डेले राखेको विश्वासको मतको प्रस्तावमाथि मत विभाजन हुँदै छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्