Shikhar Insurance
National Life

वोमी र सूर्योदय लघुवित्त मर्जरः राष्ट्र बैंकले दियो सहमति

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २२, सोमबार १५:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले वोमी र सूर्योदय लघुवित्त एक आपसमा मर्ज हुन सैद्धान्तिक सहमति दिएको छ । योसँगै दुई लघुवित्तको मर्जर प्रक्रिया अघि बढेको छ ।

यसअघि दुबै कम्पनीबीच गत १५ भदौमा एक आपसमा मर्ज हुने सम्झौता भएको थियो । संयुक्त मर्जर कमिटीमा वोमी लघुवित्तको तर्फबाट कृष्णराज सिलवाल, नरेन्द्र प्रसाईं, र शिवप्रसाद मिश्र तथा सुर्योदयको तर्फबाट अनन्त कुमार श्रेष्ठ, गुडाखर सापकोटा र एकबहादुर गोदार रहने भएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सम्झौताअनुसार हाल सूर्योदयका प्रमुख कार्यकारी अधिकृत मर्जरपछि बन्ने संस्थाको प्रमुख कार्यकारी अधिकृते बन्नेछन् भने हाल वोमीका प्रमुख कार्यकारी अधिकृत मर्जरपछि बन्ने संस्थाको डेपुटी प्रमुख कार्यकारी अधिकृत रहनेछन् । त्यस्तै, दुबै संस्थाको सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन (डीडीए) अनुसार स्वाप रेसियो तय हुनेछ भने एकीकृत संस्थाको नाम सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था रहनेछ ।

मर्जर सम्झौता भएसँगै १६ भदौबाट दुबैं कम्पनीको नेपाल स्टक एक्सचेञ्जमा सेयर कारोबार रोक्का छ । हाल वोमीको केन्द्रीय कार्यालय काभ्रेको बनेपामा छ भने सूर्योदयको केन्द्रीय कार्यालय स्याङ्जाको पुतलीबजारमा छ । वोमी लघुवित्तको हाल चुक्ता पुँजी ४१ करोड १९ लाख छ भने सूर्योदय लघुवित्तको २४ करोड ८० लाख रुपैयाँ चुक्ता पुँजी छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्