Shikhar Insurance
National Life

ट्रेजरी बिल बिक्री गरेर थप ६ अर्ब १० करोड आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २२, सोमबार १२:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिन अवधिको रु १० करोड र १८२ दिन अवधिको रु छ अर्ब गरी कूल रु छ अर्ब १० करोडको ट्रेजरी बिल आज बोलकबोल गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार ९१ दिने ट्रेजरी बिल आगामी माघ २५ गते परिपक्व हुनेछ भने १८३ दिने ट्रेजरी बिल २०७९ वैशाख २७ मा परिपक्व हुनेछ । यसअघि यही कात्तिक १५ मा बैंकले रु एक अर्ब ६६ करोडको ट्रेजरी बिक्री गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत आज दिउँसो २ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ । राष्ट्र बंैकले सरकारलाई आवश्यक पर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत प्रत्येक हप्ता यस्ता ऋणपत्र बिक्री गर्दछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्