Shikhar Insurance
National Life

नाफा कमाउने रेसमा वाणिज्य बैंकलाई पछि पार्दै विकास बैंक, मुक्तिनाथ पहिलो

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १७, बुधबार १५:००
Hyundai
NCELL
NIMB

काठमाडौं । व्यवसायको आकार बढाउँदै लगेपछि विकास बैंकहरुले नाफा आर्जनमा वाणिज्य बैंकहरुलाई उछिन्न थालेका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ वटा वाणिज्य बैंकलाई मुक्तिनाथ विकास बैंकले खुद नाफा आर्जनमा उछिनेको हो ।

राष्ट्रियस्तरका ८ वटा विकास बैंकहरुले २७ वटा वाणिज्य बैंकहरुलाई नाफाको ग्रोथमा समेत पछि पारेका छन् । गत आवको पहिलो त्रैमासमा आर्जित खुद नाफामा वाणिज्य बैंकहरुले २४.२० प्रतिशतले चालु आवको सोही अवधिमा गरेका थिए । तर, सोही अवधिमा राष्ट्रियस्तरका ८ वटा विकास बैंकहरुको खुद नाफाको ग्रोथ बढी छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गत आवको पहिलो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा राष्ट्रियस्तरका विकास बैंकहरुको खुद नाफाको ग्रोथ ५१.०३ प्रतिशत छ ।

हाल १८ वटा विकास बैंकहरु सञ्चालनमा छन् । जसमा ८ वटा विकास बैंक र १० वटा क्षेत्रीयस्तरका विकास बैंकहरु हुन् । राष्ट्रियस्तरका विकास बैंकहरुले चालु आवको पहिलो त्रैमासमा १ अर्ब ५६ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । जुन गत आवको सोही अवधिमा आर्जन गरेको खुद नाफाभन्दा ५१.०३ प्रतिशत बढी हो । गत आवको पहिलो त्रैमास राष्ट्रियस्तरका विकास बैंकहरुले १ अर्ब ३ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मुक्तिनाथ विकास बैंकले वाणिज्य बैंकहरुलाई मात्र नभएर विकास बैंकहरुलाई समेत खुद नाफा आर्जनमा पछि पारेको छ । सो अवधिमा राष्ट्रियस्तरका विकास बैंकहरुमै सबैभन्दा बढी नाफा कमाउँदै सबैभन्दा बढी खुद नाफा आर्जन गर्ने बैंक बन्न सफल भएको हो ।

राष्ट्रियस्तरका विकास बैंकहरुमा खुद नाफा कमाउने सुचीको अग्रपंत्तिमा रहेको मुक्तिनाथ विकास बैंकले ८ अर्ब रुपैयाँ बढी चुक्तापुँजी लिएर व्यवसाय गरिहेका ३ वाणिज्य बैंकलाई समेत खुद नाफा आर्जनमा पछि पारेको छ । मुक्तिनाथले सिभिल, सेञ्चुरी र बैंक अफ काठमाण्डूलाई नाफा कमाउनमा पछि पारेको हो । चालु आवको पहिलो ३ महिनामा सिभिल बैंकले २९ करोड १८ लाख, सेञ्चुरीले २७ करोड १८ लाख र बैंक अफ काठमाण्डूले २५ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

चालु आवको ३ महिनामा मुक्तिनाथले यी ३ वाणिज्य बैंकलाई उछिन्दै ३४ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । बैंकले आर्जन गरेको खुद नाफा गत आवको पहिलो त्रैमासकोभन्दा १७.४८ प्रतिशत बढी हो । गत आवको पहिलो त्रैमासमा बैंकले २९ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यसैगरी, राष्ट्रियस्तरका विकास बैंकहरुमा नाफा बढी कमाउनेको सुचीमा महालक्ष्मी विकास बैंक छ । बैंकले गत आवको पहिलो त्रैमासको तुलनामा ४४.२८ प्रतिशतले चालु आवको सोही अवधिमा खुद नाफामा वृद्धि गरी २३ करोड ५ लाख रुपैयाँ पुर्याएको हो ।

गत आवको पहिलो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा ज्योति विकास बैंकले ६५.६४ प्रतिशतले वृद्धि गरी २१ करोड ७८ लाख, लुम्बिनी विकासले ९०.८० प्रतिशतले थप गरी २१ करोड ३१ लाख र गरिमा विकास बैंकले १२७.०५ प्रतिशतले थप गरी १८ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आवको पहिलो त्रैमासको तुलनामा साइन रेसुङ्गाले ४१०.२८ प्रतिशतले थप गरी १४ करोड ७३ लाख रुपैयाँ र सांग्रिला डेभलपमेन्ट बैंकले ७२.५५ प्रतिशतले थप गरी ५ करोड ४४ लाख रुपैयाँ खुद नाफा चालु आवको पहिलो त्रैमासमा आर्जन गरेको छ ।

तर, गत आवको पहिलो त्रैमानको तुलनामा कमाना सेवा विकास बैंकको खुद नाफा भने १२.१८ प्रतिशतले घटेर १७ करोड ५७ लाख रुपैयाँमा सीमित भएको छ । बैंकले गत आवको पहिलो त्रैमासमा २० करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्