Shikhar Insurance
National Life

तिहार अगावै १६ वाणिज्य बैंकले घोषणा गरे लाभांश (कसको कति ?)

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १७, बुधबार १४:४२
Hyundai
NCELL
NIMB

काठमाडौं । तिहार नलाग्दै १६ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । हालसम्म २ दर्जनभन्दा बढी वाणिज्य बैंकले गत आर्थिक वर्षसम्मको नाफाबाट लाभांश दिने घोषणा गरेका हुन् ।

माछापुच्छ्रे बैंकबाट सुरू भएको लाभांश घोषणाको क्रम नबिल बैंकसम्म आइपुगेकको छ । घोषणा गर्ने १६ औं बैंक बनेको नबिलले वाणिज्य बैंकहरूमध्ये सर्वाधिक लाभांश दिने बताएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नबिलले ३३.६ प्रतिशत बोनस सेयर सहित ३८ प्रतिशत लाभांश दिने भएको हो ।

माछापुच्छ्रेले १३.३ प्रतिशत बोनस सेयरसहित १४ प्रतिशत लाभांश सहित घोषणाको सुरूवात गरेको थियो ।

दसैं अघि ९ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेकामा दसैंयता ७ वटा थपिएका हुन् ।

यसबीचमा बढी लाभांश घोषणा गर्नेको सूचीमा हिमालयन बैंक दोस्रो स्थानमा छ । हिमालयनले २१.३८ प्रतिशत बोनस सेयरसहित २६ प्रतिशत लाभांश दिने भएको हो ।

२० प्रतिशत भन्दा बढी लाभांश घोषणा गर्ने वाणिज्य बैंक नबिल र हिमालयनमात्र हुन् ।

सानिमा, नेपाल बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, नेपाल इन्भेष्टमेण्ट, एनएमबी, एनआईसी एशिया, नेपाल बंगलादेश र सिद्धार्थ बैंकले १५ प्रतिशतभन्दा बढी लाभांश घोषणा गरेका छन् ।

कुमारीले सबैभन्दा कम ८.६७ प्रतिशत लाभांश घोषणा गरेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्