काठमाडौं । सेयर बजारका लगानीकर्ता अम्बिका प्रसाद पौडेलले आफु धितोपत्र बोर्डको अध्यक्ष बन्ने दौडमा नरहेको स्पष्ट पारेका छन् । उनले आफु बोर्ड अध्यक्ष पदको अकांक्षी कहिल्यै नभएको र भोली पनि नहुने समेत स्पष्ट पारेका छन् ।
‘म त्यो पदको आकांक्षी न हिजो थिए न आज छु न भोलि हुने छु । लगानीकर्ता हुनु मै छ मलाई आनन्द अनि खुशी ।’, पौडेलले भने । उनले सिंहदरबारसँगको संक्षिप्त कुराकानीका क्रममा आफू जीवनभर लगानीकर्ताकै रुपमा रहने योजनामा रहेको पनि सुनाए ।
‘मेरा आधा दर्जन भन्दा बढी नयाँ कम्पनी आउँदैछन्, म जीवनभर लगानीकर्ताकै रुपमा रहन चाहान्छु ।’, नेपाल उद्यगा बाणिज्य महासंघको कार्य समिति सदस्य र पुँजी बजार फोरमको सभापति समेत रहेका पौडेलले सिंहदरबारसँग भने ।
प्रतिक्रिया दिनुहोस्