काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशलाई ओली प्रवृत्तीबाट मुक्त गर्नुपर्ने बताएका छन् । गृहजिल्ला रौतहट पुगेर नेकपा एसका अध्यक्ष नेपालले ओली प्रवृत्तिले देशलाई उँधोगतितर्फ लगेकाले यसबाट मुक्त गर्नुपर्ने बताएका हुन् ।
नेपालले उनी निरंकुश र एकल शासन रुचाउने व्यक्ति भएको बताए । ओलीतत्व परास्त गर्न आगामी निर्वाचनमा ५ दलले गठबन्धन गरेर जानुपर्ने र यसका बारे छलफल भइरहेको जिकिर उनले गरे ।
आउने चुनावमा पाँचदलीय गठबन्धनका लागि तालमेल गर्नेबारे दलका नेताहरु बसेर छलफल गर्ने उनले बताए ।
उनले अर्ली इलेक्सन आवश्यक नभएको बताउँदै चुनावलाई कम खर्चिलो बनाउन तीनै तहको निर्वाचन एकै साथ गर्नुपर्नेमा जोड दिए ।
प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराको विवादको विषयमा प्रधानमन्त्री स्वदेश फर्किएपछि सत्तारुढ गठबन्धनका नेताहरु बसेर छलफल गर्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्