काठमाडौं । नबिल बैंकले ३८ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको संचित मुनाफाबाट चुक्तापुँजीको ३३.६ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागिसमेत ४.४ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
बैंकको सञ्चालक समितिको ५७९ औं वैठकले यस्तो निर्णय गरेको हो ।
बैंकले घोषणा गरेको लाभांश हालसम्म वाणिज्य बैंकहरूले घोषणा गरेमध्ये सर्वाधिक हो ।
बैंकले गत वर्ष बैंकले ३५.२६ प्रतिशत लाभांश दिएको थियो । कोरोना महामारीमाझ बैंकले नाफा बढाउँदा लाभांश पनि बढाएको हो ।
घोषित लाभांश राष्ट्र बैंकले स्वीकृत गरेपछि बैंकको वार्षिक साधारणसभामा लगानीकर्तालाई वितरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस्