काठमाडौं । सामलिङ पावर कम्पनीको साधारण सेयर (आइपीओ) बाँडफाड भएको छ । कम्पनीले बिक्री गर्ने गरेको ७ लाख ३० हजार कित्ता आइपीओ नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको कार्यालयमा गोलाप्रथामार्फत् बाँडफाँड गरिएको हो ।
सामलिङ्ग पावर कम्पनीको आईपीओमा कात्तिक ४ गतेबाट आवेदन खुलेको थियो ।
कम्पनीले जारी गरेको आइपीओमा २१ लाख ९८ हजार ७ सय ६४ जनाबाट आवेदन परेको थियो । जसमध्ये ९ हजार ९ सय ८६ जनाको आवेदन रद्द भएको छ ।
कम्पनीका अनुसार योग्य २१ लाख ८८ हजार ७ सय ७८ जना आवेदकमध्ये ६७ हजार ८ सय १० जनाले १०-१० कित्ता सेयर पाएका छन् ।
कम्पनीले निष्काशन गरेको कुल सेयरमध्ये दुई प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि र पाँच प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । बाँकी ६ लाख ७८ हजार ९०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए ।
कम्पनीको आइपीओ रिजल्ट मेरो सेयर र सामलिङ पावरको वेव साइटमा हेर्न सकिन्छ ।
रिजल्ट हेर्न यहाँ क्लिक गर्नुस्…
मेरो सेयरको वेव साइट– https://iporesult.cdsc.com.np/
सामलिङ पावर कम्पनीको वेबसाइट- https://spcl.com.np/
प्रतिक्रिया दिनुहोस्