Shikhar Insurance
National Life

सरकारले मार्ग प्रसस्त गर्न भनेपछि कृषि विकास बैंकका अध्यक्ष निरौलाले दिए राजीनामा

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १५, सोमबार १९:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि विकास बैंकका अध्यक्ष लक्ष्मी प्रपन्न निरौलाले पदबाट राजीनामा दिएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई बैंकको अध्यक्ष नियुक्त गरेको थियो ।

सरकारले मार्ग प्रशस्त गर्न भनेपछि उनले राजीनामा दिएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

राष्ट्र बैंकबाट अवकास प्राप्त कार्यकारी निर्देशकसमेत रहेका निरौलालाई गठबन्धन सरकारले हटाएर अर्को अध्यक्ष नियुक्त गर्ने तयारी गरेको थियो । नेपाल सरकारको बहुमत शेयर रहेको बैंकमा सरकारले आफू निकट व्यक्ति नियुक्त गर्ने गरेको छ ।

निरौलाले आफूले राजीनामा दिएको स्वीकार गरे । उनले भने, ‘सरकारबाट मार्ग प्रशस्त गर्न भनिएको थियो, मैले मार्ग प्रशस्त गरिदिएँ ।’

उनले गत बिहीबार नै सरकारलाई राजीनामा बुझाएका थिए । अर्थ मन्त्रालय स्रोतका अनुसार आज उनको राजीनामा स्वीकृत गरिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्