Shikhar Insurance
National Life

ओली सनकले सत्ताबाट सडकमा पुग्यो एमाले

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १५, सोमबार १९:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । केपी शर्मा ओलीको सनकले चार वर्ष नपुग्दै एमाले पूर्णतः सत्ताबाट सडकमा पुगेको छ । दुई तिहाईको आफैं नेतृत्वको सरकार ढल्नेदेखि चार वटा प्रदेशमा रहेको पार्टी सरकार सबै ढलिसकेका छन् । सोमबार प्रदेश १ का मुख्यमन्त्रीले राजीनामा गरेपछि एमाले सत्ता विहिन बनेको हो ।

एमालेको ओरालो यात्रा भने केपी ओलीकै नेतृत्वमा र उनैले चालेका कदमहरुबाट सुरु भएको हो । ओलीले प्रतिनिधी सभा बिघटन गरेपछि एमालेको उँधोगति सुरु भएको थियो । ओलीपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सत्ता ढल्यो । ओलीको स्वघोषित उत्तराधिकारी शंकर पोखरेलले लुम्बिनी प्रदेशको सत्ताबाट हात धुनु पर्यो भने बागमतिमा डोमणी पौडेल पनि सत्ताच्युत भए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

डोरमणीले केहि दिनका लागि अष्टलक्ष्मी शाक्यलाई मुख्य मन्त्री छाडेका थिए तर उनी पनि विदा भैसकेकी छिन् । प्रदेश १ मा शेरधन राईको सत्ता ढल्ने निश्चित भएपछि भिम आचार्य भित्तामा फोटो टास्नकै लागि मुख्यमन्त्री बनेका थिए । उनले राजीनामा गरेपछि केपी ओली र उनको पार्टी एमाले अब संघीय र प्रदेश सरकारमा विपक्षी बेञ्चमा धकेलिएको छ ।

२०७० सालमा संबिधान सभा बिघटनपछि तत्कालिन माओवादी दुई तिहाई मतका लागि जनतामा गएको थियो तर तेश्रो दलमा खुम्चिन पुग्यो । आज केपी ओली र एमाले सोही शैलीमा एकल बहुमतका लागि याचना गरिरहेका छन् , वर्तमान गठबन्धन कायमै रहेमा ओली र एमालेको अवस्था २०७० को माओवादी भन्दा पनि कमजोर हुने निश्चित छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्