Shikhar Insurance
National Life

यी हुन् ३ महिनामै अर्बपति बनेका ५ वाणिज्य बैंक, २७ मध्ये कुन बैंकले कति कमाए ?

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १५, सोमबार १५:२९
Hyundai
NCELL
NIMB

 

काठमाडौं । कोरोना संक्रमणको त्रासबीच माग नहुँदा लामो समय बैंकहरुले कर्जा विस्तार पाएनन् । तर, लामो समयसम्म कर्जाको बिस्तार गर्न नपाउँदा पनि बैंकहरुले अर्ब बढी खुद नाफा कमाएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गत आर्थिक वर्षसम्म बैंकहरुमा कर्जाको माग आवश्यकताभन्दा कम थियो । तर चालु आव लागेसँगै बैंकहरुमा उच्च कर्जाको माग हुँदा ३ महिनामै ५ वटा वाणिज्य बैंकले अर्ब बढी खुद नाफा कमाएका छन् ।

चालु आवको पहिलो त्रैमासमा एनआइसी एशिया बैंक, नबिल बैंक, ग्लोवल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक र एनएमबि बैंकले अर्ब बढी खुद नाफा कमाएका हुन् ।

पहिलो त्रैमासमा एनआाइसी एशिया बैंकले १ अर्ब १८ करोड ६ लाख, नबिलले १ अर्ब ११ करोड २२ लाख, ग्लोबल आइएमईले १ अर्ब ११ करोड २२ लाख, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ५ करोड ६ लाख र एनएमबिले १ अर्ब ४ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।

यसबाहेक सो अवधिमा ४ वटा वाणिज्य बैंकले १ अर्बको हाराहारीमा खुद नाफा कमाएका छन् । जसमा प्रइम बैंकले ९७ करोड ७९ लाख, सिद्धार्थले ९४ करोड ८७ लाख, नेपाल इन्भेष्टमेण्टले ९२ करोड ३७ लाख र मेगा बैंकले ९१ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

यस्तै, चालु आवको पहिलो ३ महिनामा ९ वटा वाणिज्य बैंकले ५० करोड रुपैयाँदेखि ७६ करोड रुपैयाँसम्म र ९ वटा वाणिज्य बैंकले ५० करोड रुपैयाँभन्दा कम खुद नाफा कमाएका छन् ।

कसको नाफा कति ? (हजार रूपैयाँमा)

GBIME

प्रतिक्रिया दिनुहोस्