Shikhar Insurance
National Life

एक नम्बरको दौडमा रहेको एनआईसी एसिया बैंकले कति कमायो नाफा ?

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १५, सोमबार १०:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । आफुलाई एक नम्बर दौडको खेलाडी दावी गर्ने एनआईसी एसिया बैंकले पहिलो त्रैमासिकमा एक अर्ब १८ करोड रुपैँया खुदा नाफा आर्जन गरेको छ । बैंकले गत आवको सोही अवधीमा एक अर्ब २ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

एनआईसी एसियाको वितरणयोग्य नाफा भने २२ करोड रुपैयाँ मात्रै रहेको छ । २ खर्ब ७८ अर्ब रुपैँया निक्षेप उठाएर २ खर्ब ६४ अर्ब रुपैँया कर्जा लगानी गरेको बैंकले २ अर्ब ७८ करोड रुपैँया खुद ब्याज आम्दानी गरेको देखिन्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

११ अर्ब ५६ करोड रुपैँया चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ८ अर्ब २४ करोड रुपैँया छ । ३९.६५ रुपैँया प्रति सेयर आम्दानी रहेको बैंकको प्रति सेयर नेटवर्थ १८९.९ रुपैँया छ ।

७.४८ प्रतिशत आधार ब्याजदर रहेको बैंकको स्प्रेड दर भने ४.०८ प्रतिशत कायम छ । बैंकको सीडी रेसियो भने ८५.३२ प्रतिशत कायम छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्