Shikhar Insurance
National Life

माछापुच्छ्रे बैंकको नाफा ५५ प्रतिशतले बढ्यो, कस्ता छन् अरु सूचक ?

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १५, सोमबार ०९:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो नाफा ५५.५५ प्रतिशतले वृद्धि गरेको छ । बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण अनुसार नाफा ५६ करोड पुगेको हो । जबकी गत आवको सोही अवधीमा बैंकको नाफा जम्मा ३६ करोड रुपैँया मात्रै थियो ।
माछापुच्छ्रेको वितरण योग्य नाफा भने एक अर्ब ४५ करोड रुपैयाँ रहेको छ ।

माछापुच्छ्रेले पहिलो त्रैमासिक अवधीमा एक खर्ब ३० अर्ब रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब २७ अर्ब रुपैयाँ कर्जा लगानी गरि एक अर्ब २६ करोड रुपैँया खुद ब्याज आम्दानी गर्न सफल भएको देखिन्छ । बैंकको सीडी रेसियो भने ८८.१० प्रतिशत कायम छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

९ अर्ब ५ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा २ अर्ब ८८ करोड रुपैँया रहेको छ । माछापुच्छ्रेको प्रति सेयर आम्दानी बढेर २४.८१ पुगेको छ, जबकी गत आवको सोही अवधीमा त्यस्तो आम्दानी जम्मा १५.९५ रुपैयाँ मात्रै थियो । बैंकको प्रति सेयर नेटवर्थ १४८.३० रुपैयाँ रहेको छ ।

आधार ब्याजदर ७.६३ प्रतिशत कायम गरेको बैंकको स्प्रेडदर पनि जम्मा ३.३८ प्रतिशत मात्रै छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्