Shikhar Insurance
National Life

पुनर्कर्जाको आवेदन खुल्यो, कोरोना प्रभावित व्यवसायीले सस्तोमा यसरी लिनुस् ऋण

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १४, आईतवार १५:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले थप पुनर्कर्जाको लागि आवेदन खुला गरेको छ । केन्द्रीय बैंकले कोरोनाको महामारीबाट प्रभावित उद्योगी व्यवसायीलाई एकमुष्ट रुपमा पुनर्कर्जा दिने भएको हो । केन्द्रीय बैंकले हालसम्म १ खर्ब ४० अर्ब रूपैयाँ पुनर्कर्जा प्रवाह गरिसकेको छ ।

नेपाल राष्ट्र बैंकले एक सूचना प्रकाशन गरी आवेदन दिन आह्वान गरेको छ । जसअनुसार आज (कात्तिक १४ गते) देखि मंसिर १९ गतेसम्म आवेदन दिन सकिन्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पुनरकर्जा कार्यविधि, २०७७ अनुसार कोभिडबाट अति प्रभावित तथा मध्यम प्रभावित क्षेत्रका व्यवसायीले यस्तो कर्जा माग गर्न पाउनेछन् ।

व्यवसायीले आफूले कर्जा लिने बैंकमा गएर पुनर्कर्जा माग गर्नुपर्छ । जसअनुसार अतिप्रभावितले २० करोड र मध्यमप्रभावितले १० करोड रूपैयाँसम्म कर्जा पाउनेछन् ।

व्यवसायीले आफ्नो व्यवसायको पुँजीको बढीमा २५ प्रतिशत पुनर्कर्जा पाउनेछन् । हाल एकमुष्ट पुनर्कर्जा उपभोग गरिरहेका ऋणीहरुले भने अहिले आवेदन दिन पाउनेछैनन् । उनीहरुको आवेदन रद्द हुने राष्ट्र बैंकले जनाएको छ । यसैगरी एक भन्दा बढी बैंक वित्तीय संस्थामार्फत कर्जा लिएका ऋणीले एउटामात्र बैंक वा वित्तीय संस्थामार्फत पुनर्कर्जाको माग गरर्नुपर्छ ।

पुनर्कर्जा कार्यविधि अनुसार राष्ट्र बैंकले लघु, घरेलु तथा साना उद्यम व्यवसायीलाई २ प्रतिशत ब्याजमा पुनर्कर्जा दिन्छ भने विशेष पुनर्कर्जा १ र साधारण पुनर्कर्जा ३ प्रतिशत ब्याजमा दिन्छ । बैंकले व्यवसायीबाट लघु, घरेलु तथा साना उद्यम व्यवसायीतर्फ ३ प्रतिशत र विशेष तथा साधारणातर्फ २ प्रतिशत थप लिन पाउँछन् जसअनुसार यस्तो पुनर्कर्जाको ब्याजदर क्रमशः ३, ३ र ५ प्रतिशत हुनेछ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्