काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तको शनिबार बसेको सञ्चालक समितिको बैठकले २६ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा लघुवित्त आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् । घुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी २२ करोड ३९ लाख ४४ हजार रुपैयाँको २६ प्रतिशत अर्थात् ५ करोड ८२ लाख २५ हजार ४४० रुपैयाँ बराबर बोनस सेयर प्रस्ताव गरेको हो ।
हाल चुक्ता पूँजी २२ करोड ३९ लाख रुपैयाँ रहेको लघुवित्तको प्रस्तावित बोनस वितरणपछि लघुवित्तको चुक्ता पूँजी २८ करोड २१ लाख ६९ हजार रूपैयाँ पुग्नेछ।
प्रतिक्रिया दिनुहोस्