Shikhar Insurance
National Life

कुमारी बैंकको नाफा घटेर ५४ करोड तर वितरणयोग्य नाफा भने एक अर्ब १० करोड

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १४, आईतवार ११:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंकले चालु आवको पहिलो त्रैमासिकमा ५४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले आर्जन गरेको यो नाफा गत आवको सोही अवधीको भन्दा ६ करोडले कम हो । गत आवको असोज मसान्त अवधीमा कुमारी बैंकले ६० करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । कुमारी बैंकको वितरण योग्य नाफा भने एक अर्ब १० करोड रुपैयाँ रहेको छ ।

कुमारी बैंकले कर्जा लगानी १ खर्ब ३७ अर्बबाट बढाएर एक खर्ब ५२ अर्ब पुर्याएको छ । निक्षेप पनि एक खर्ब ४५ अर्बबाट बढाएर एक खर्ब ५५ अर्ब पुर्याएको छ । बैंकको खुद ब्याज आम्दानी भने एक अर्ब ३१ करोडबाट घटेर एक अर्ब २८ करोडमा खुम्चिएको छ । १३ अर्ब ८७ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा भने ३ अर्ब ९३ करोड रुपैयाँ छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकको आधार ब्याजदर ८.४० र स्प्रेडदर ४.३६ प्रतिशत रहेको छ । कुमारी बैंकको प्रति सेयर आम्दानी १५.६० रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १३८.५६ रुपैयाँ रहेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्