Shikhar Insurance
National Life

अब्बल बन्दै सिद्धार्थ बैंक-सबै सूचकमा व्यापक सुधार, नाफा झण्डै एक अर्ब

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १४, आईतवार १०:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । सिद्धार्थ बैंकले तीन महिनामा ९४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको असोज मसान्त अवधीमा जम्मा ५० करोड रुपैयाँ नाफा आर्जन सफल भएको थियो । सिद्धार्थको वितरण योग्य नाफा भने २९ करोेड रुपैयाँ रहेको छ ।

बैंकले चालु आवको पहिलो त्रैमासिक सकिँदासम्म एक खर्ब ७३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । जबकी गत आवको सोही अवधीमा त्यस्तो कर्जा लगानी एक खर्ब ५८ अर्ब थियो । बैंकले पहिलो त्रैमासिक अवधीमा एक अर्ब ७५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ जबकी गत आवको सोही अवधीमा त्यस्तो आम्दानी एक अर्ब ३४ करोड रुपैयाँ मात्रै थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले एक खर्ब ८३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । गत आवको सोही अवधीमा त्यस्तो निक्षेप एक खर्ब ८० अर्ब थियो । १० अर्ब ९६ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकको रिजर्भमा ८ अर्ब २ करोड रुपैयाँ रहेको छ ।

बैंकको आधार ब्याजर ७.५७ प्रतिशत र स्प्रेड दर ३.४७ प्रतिशत रहेको छ । सिद्धार्थको प्रति सेयर आम्दानी ३३.६१ रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १८८.१३ रुपैयाँ रहेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्