Shikhar Insurance
National Life

अर्थको निर्देशनसँगै १ दिनमै पछि हट्यो राष्ट्र बैंक, ‘चालु आवमा १ किलो पनि आयात गर्न नपाइने’

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १३, शनिबार १७:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । मरिच, केराउ, सुपारी आयातमा फेरि पूर्ण बन्देज लागेको छ । यस्तो वस्तु आयात पूर्ण रूपमा रोकिएकामा हिजोबाट परिमाणात्मक बन्देज लागेको थियो र नेपाल राष्ट्र बैंकले शुक्रबार मात्र परिपत्र जारी गरी पूर्ण बन्देज खुला भएको जानकारी गराउँदै त्यहीअनुसार सटही सुविधा दिन निर्देशन दिएको थियो ।

गत असोज १७ गते सरकारले परिमाणात्मक बन्देज लगाउने विषयमा स्पष्ट नखुलाएको भन्दै केन्द्रीय बैंकले आयात, बैंकिङ तथा भुक्तानी प्रणाली रोक्न निर्देशन दिएकामा हिलोबाट खुलाएको थियो । तर, यसरी खुला गरेको भएपनि यस्तो निर्णय २४ घन्टा पनि टिकेन ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हिजोको निर्देशनअनुसार चालु आवमा १० हजार मेट्रिक टन मरिच, ८० हजार मेट्रिक टन केराउ, २५ हजार मेट्रिक टन सुपारी र ५ हजार मेट्रिक टनमात्र आयात हुन पाउँथ्यो । तर, आजबाटै लागु हुने गरी त्यस्ता वस्तु १ किलो पनि आयात हुन पाउने छैनन् ।

५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यको सवारी साधनको पैठारीमा लगाइएको बन्देज चैतमै हटेको थियो ।

अर्थ मन्त्रालयको ठाडो निर्देशनसँगै पछि हट्यो राष्ट्र बैंक
अहिले देशमा तरलताको चरम संकट छ भने विदेशी मुद्रा सञ्चिति पनि घट्दो छ । यस्तो अवस्थामा अर्थ मन्त्रालयले आयात खुला नगर्नु भन्ने निर्देशन दिएपछि राष्ट्र बैंक फिर्ता भएको हो ।

अर्थले असारमसान्तपछि शिपमेन्ट भएका वस्तु आयात गर्न दिनुहुँदैन भनेपछि असोज १७ कै सर्कुलर लागु भएको केन्द्रीय बैंकका एक अधिकारीले सिंहदरबारलाई जानकारी दिए । उनले भने, “असार मसान्तभित्रै शिपमेन्ट भएका यस्ता वस्तुमात्र आयात हुन दिने र ‘त्यसपछिका लाई नदिने गरी व्यवस्था गर्नु’ भन्ने निर्देशन आएपछि हिजोको सर्कुलर खारेज गरेका हौं ।”

अर्थात् अब आर्थिक वर्ष २०७७/७८ को कोटामा परेका व्यवसायीले मात्र उल्लेखित ४ वस्तु आयात गर्न पाउँछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्