Shikhar Insurance
National Life

एकिकृत समाजवादी पहिलो पार्टी बन्छः मेटमणी चौधरी

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १३, शनिबार १६:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(एकिकृत समाजवादीका नेता तथा प्रतिनिधी सभा सदस्य मेटमणी चौधरीले आगामी निर्वाचनमा आफुहरुको पार्टी देशको पहिलो र शक्तिशाली पार्टी बन्ने बताएका छन् । पार्टी स्थापनाको २ महिनाभित्र ७५३ वटै स्थानीय तह र वडाहरुमा बिशाल संगठन संरचना निर्माण गरिसकेको बताउँदै नेता चौधरीले समाजवादी पार्टी नै देशलाई चलाउन सक्ने अनुशासित पार्टी भएको दावी पनि गरे ।
उनले आगामी निर्वाचनमा केपी ओलीलाई नै हराएर देखाउने घोषणा पनि गरे ।

ओलीको पार्टीले फेरि जनतासंग भोट माग्ने नैतिकता गुमाईसकेको उनको भनाई थियो ।  नेता चौधरीले आगामी निर्वाचनपछि केपी ओलीको हातल नोकिया मोबाइल जस्तै हुने ठोकुवा पनि गरे । एकिकृत समाजवादीले शंखरापुर नगर कमिटी गठन गर्न आयोजीत कार्यक्रममा उनले नयाँ पार्टीले जनमत पाउँदैन भन्नेहरुलाई २०६४ साल तर्फ फर्कन अनुरोध पनि गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोही कार्यक्रममा एकिकृत समाजवादीले युवा संघ नेपालको शंखरापुर नगर कमिटी पनि गठन गरेको थियो । पार्टीले श्याम वाइवाको अध्यक्षतामा १०१ सदस्यीय नगर कमिटी घोषणा गरेको हो। सोही कार्यक्रममा नगरका ९ वटै वडामा वडा कमिटी पनि निर्माण गरिएको थियो । कार्यक्रम अघि युवाहरुले बिशाल मोटरसाइकल र्याली निकालेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्