Shikhar Insurance
National Life

एसपीजी अटोमोबाइल्स बन्यो चेरीको आधिकारिक वितरक, टिग्गो ४ प्रो एसयूभी बजारमा

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १२, शुक्रबार २०:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । शारदा ग्रुपअन्तर्गतको कम्पनी एसपीजी अटोमोबाइल्स नेपालमा चेरी अटोमोबाइल्स कम्पनीको आधिकारिक वितरकको बनेको छ । शारदाको एसपीजीले चेरी कार बेच्ने भएको हो ।

एसपीजी अटोमोबाइल्सले नेपाली बजारमा चेरी टिग्गो ४ प्रो एसयूभी पनि सार्वजनिक गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

चेरी टिग्गो ४ प्रो एसयूभी १.५ लि. नेचुरल्ली एस्पिरेटेड म्यानुअल ट्रान्समिसन, १.५ लि. नेच्चुरल्ली एस्पिरेटेड सीभीटी र १.५ लि. टर्बो चार्जड ९ स्पीड गियरबक्स सीभीटी इन्जिन गरी तीन भेरियन्टमा उपलब्ध छ ।

नेचुरल्ली एस्पिरेटेड इन्जिनले अधिकतम पावर ८५ किलो वाट (११५ पीएस) र १३८ एनएमको अधिकतम टर्क उत्पादन गर्दछ भने १.५ लि. टर्बो चार्जड सीभीटी इन्जिनले अधिकतम पावर ११५ किलो वाट (१४७ पीएस) तथा अधिकतम पावर २१० एनएमको अधिकतम टर्क उत्पादन गर्दछ । टिग्गो ४ प्रो को प्रमाणित माइलेज १४.७ किमि प्रतिलिटर रहेको छ ।

टिग्गो ४ प्रो एसयूभीमा ४३१८ एमएम लम्बाई, १८३० एमएम चौडाई, २६१० एमएम ह्वीलबेस र १६७० एमएमको उचाई रहेको छ । टिग्गो ४ प्रो एसयूभीको ग्राउन्ड क्लियरेन्स २०० एमएम रहेको छ । यसको बुट स्पेस ३४० लिटरको छ र ३४ वटा विभिन्न स्टोरेज स्पेस पनि उपलब्ध छन् ।

टिग्गो ४ प्रोएसयूभीमा नयाँ फ्रन्ट फेस र आकर्षक मस्कुलर प्रोफाइल डिजाइन देख्न सकिन्छ । यसमा ५ स्पोक मिरर डिजाइनको १७ इन्च स्पोर्टी ह्वील समावेश गरिएको छ । यसका साथै डायमन्ड इन्टेक ग्रिल, क्रिस्टल डायमन्ड लेन्स एलईडी हेडलाइट, जी–टाइप डीआरएल र साइड स्कर्टले स्पोर्टी लुक्स प्रदान गरेको छ । टिग्गो ४ प्रो एसयूभीमा पावर्ड सनरुफका साथै ड्राइभर सिटमा ६ वे एडजस्टमेन्ट लेदर सिट पाउन सकिन्छ ।

चेरी टिग्गो ४ प्रो एसयूभीको इन्टेरिएर सरल र आकर्षक छ । यसमा डी–टाइप ३ स्पोक मल्टिफंक्सनल स्टेरिङ ह्वील, ७ इन्च एलसीडी मिटर, एप्पल कार प्ले र एन्ड्रोेइड अटो सहितको १०.२५ इन्चको सेन्ट्रल कन्ट्रोल स्क्रिन, रियर आर्मरेस्ट र सेकेन्ड रो एसिभेन्ट जस्ता विशेषता छन् । टिग्गो ४ प्रो एसयूभी मा पुस–स्टार्ट बटन र पीईपीएस रिमोट स्टार्ट प्रणाली समावेश गरिएको छ ।

टिग्गो ४ प्रो एसयूभीमा सुरक्षाको दृष्टिकोणले सुरक्षित छ । यसमा ६ रिङ्ग एयरब्याग, एबीएस, ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, टीसीएस सिस्टम, इमर्जेन्सी ब्रेक एसिस्ट, रोल स्टेबिलिटी कन्ट्रोल, हिल स्टार्ट एसिस्ट (कन्ट्रोल), डाइरेक्ट टाएर प्रेसर मोनिटरिङ्ग प्रणालीका साथै बच्चाहरुको सुरक्षाका लागि सबै झ्याल र ढोकाहरुमा एन्टी पिन्च लक राखिएको छ । टिग्गो ४ प्रो एसयूभीले ईपीबीका साथै अटोहोल्ड प्रविधि अपनाएको छ ।

टिग्गो ४ प्रो एसयूभी र्आसीएक्स ब्लू, जेवेल रेड, नास्ड्याक सिल्भर, न्यू खाकी रेड, सेलाडोन ऐस, कार्बन क्रिस्टल ब्ल्याक गरी विभिन्न ६ रङ्गमा उपलब्ध छ ।

कसको मूल्य कति ?
१.५ लि. नेचुरल्ली एस्पिरेटेड म्यानुअल ट्रान्समिसनः ४६ लाख २० हजार रुपैयाँ
१.५ लि. नेच्चुरल्ली एस्पिरेटेड सीभीटीः ५२ लाख ५० हजार रुपैयाँ
१.५ लि. टर्बो चार्जड ९ स्पीड गियरबक्स सीभीटी? ५८ लाख ४० हजार रुपैयाँ

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्