Shikhar Insurance
National Life

एनएमबी लघुवित्तको लाभांश घोषणा

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १२, शुक्रबार १५:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तको सञ्चालक समितिको ११ कात्तिकमा बसेको बैठकले हाल कायम चुक्ता पुँजीको २१ दशमलव ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि एक दशमलव १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

यसअनुसार लघुवित्तले ११ करोड ६० लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ६१ लाख आठ हजार रुपैयाँ नगद लाभांश वितरणमा खर्च गर्नेछ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीले पाउनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्