Shikhar Insurance
National Life

फेरियो फेसबुकको नाम, अब ‘मेटा’

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १२, शुक्रबार १५:२९
Hyundai
NCELL
NIMB

एजेन्सी । फेसबुकले आफ्नो नाम परिवर्तन गरेको छ । फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरवर्गले कम्पनीले नाम परिवर्तन गरेर मेटा राखिएको जानाकारी दिए । मेटार्भसमा जोड दिने उदेश्यले कम्पनीको नाम पनि परिवर्तन गरेको उनले बताए । ‘आजदेखि हामी मेटार्भस हुँदैछौं, फेसबुक होइन,’ बिहीबार कम्पनीको वार्षिक सम्मेलनलाई सम्बोधन गर्दै जुकरवर्गले भने ।

‘हाम्रो ब्रान्ड यति दृढ रुपमा एउटा उत्पादनसँग सम्बन्धित छ की यसले हामीले आज गरेका सबैकुरा प्रतिनिधित्व गर्न सम्भव हुँदैन । यो सबै भविष्यलाई छोड्दिउँ,’ उनले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

फेसबुकको लक्ष्य डिजिटल अवतारमार्फत मानिसहरुले छलफल गर्ने भर्चुवल क्षेत्रलाई विस्तार गर्ने भए पनि कम्पनीले तत्कालै आफ्नो कार्पेरेट संरचनामा भने कुनै परिवर्तन नगर्ने भएको छ ।

कम्पनीले आफ्नो टिकर संकेत एमभीआरएसमा व्यापार गर्ने भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्