Shikhar Insurance
National Life

महिलाले पाए बिनाधितो सस्तो ब्याजदरमा ६२ अर्ब रुपैयाँ कर्जा, सनराइज अगाडि (कसले कति दिए ?)

दिलु कार्की
२०७८ कार्तिक १२, शुक्रबार १३:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले महिलाहरुलाई धितो नै नराखी सस्तो ब्याजदरमा ६२ अर्ब रुपैयाँ बढी कर्जा प्रवाह गरेका छन् । चालु आर्थिक वर्षको भदौ मसान्तसम्म सरकारको सहुलियतपूर्ण कर्जाको कार्यक्रमअनुसार बैंक तथा वित्तीय संस्थाले ६६ हजार ६ सय ९० जना महिलालाई बिना धितो कर्जा दिएका हुन् ।

सरकारले ३ वर्षअघि तयार पारेको कार्यविधि र नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार ५४ वटा बैंक तथा वित्तीय संस्थाले महिलालाई बिनाधितो र ब्याज अनुदानमा ६२ अर्ब ३६ करोड लाख रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह गरेका हुन् । सरकारको निर्देशनमा राष्ट्र बैंकले २०७५ कात्तिक २० गते सहुलियतपूर्ण कर्जा सम्बन्धी कार्याविधि जारी गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसपछि ब्याज अनुदानका सहुलियतपूर्ण कर्जा अन्तर्गत विभिन्न १० वटा शिर्षकमा बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गरिरहेका छन् । जसमा व्यावसायीक कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमी, दलित समुदाय व्यवसाय विकास, उच्च र प्रविधिक शिक्षा, भुकम्प पिडितको निजी आवास निर्माण, कपडा उद्योग सञ्चालन, सीटीभीटी तालिम र युवा वर्ग स्वरोजगारको लागि सहुलियतपूर्ण कर्जा बैंक तथा वित्तीय संस्थाबाट ग्राहकले लिन सक्ने व्यवस्था गरिएका हो ।

सहुलियत कर्जा कार्यविधि आएको ३ वर्ष वर्ष पुरा भइसकेको छ । यस अवधिमा कुल १ खर्ब ८७ अर्ब १५ करोड ७० करोड रुपैयाँ ब्याज अनुदानमा सहुतियतपूर्ण कर्जा प्रवाह भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । कुल प्रवाहित कर्जाको ३३.३२ प्रतिशत कर्जा महिला उद्यमशिलता विकासका लागि नै प्रवाह भएको देखिन्छ ।

कसरी महिलाले पाउँछन् बिना धितो सस्तो ब्याजदरमा कर्जा ?
सरकारले महिला उद्यमशील क्षमताको विकास गर्ने उद्देश्यले ‘महिला उद्यमी कर्जा’ शिर्षकमा परियोजना मूल्यांकन गरी १५ लाख रुपैयाँसम्म बिना धितो कर्जा दिने राष्ट्र बैंकमार्फत् बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

यस्तो कर्जा बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत वा सामूहिक रुपमा उद्यमशील बन्न चाहने १८ वर्ष पुरा गरेका महिलालाई प्रक्रिया पूरा गरी प्रवाह गर्छन् ।

व्यवसायिक योजना बैंकमा पेस गरेपछि बैंकले बेसरेटमा २ प्रतिशत थप गरेर बिनाधितो कर्जा प्रवाह गर्छन् । महिला उद्यमीको हकमा सरकारले ६ प्रतिशत ब्याज अनुदान दिएको छ । यसरी यस्तो कर्जाको ब्याजदर महिलाका लागि १ प्रतिशतदेखि ५ प्रतिशतसम्म मात्र पर्न जान्छ ।

कर्जा पाउन ऋणी महिलाले सञ्चालन गरेको उद्यम, कर्जा सम्बन्धी कागजात र उद्यम सञ्चालन गर्न वा थप गर्नका लागि कर्जा उपयोग सम्बन्धी संक्षिप्त विवरण प्रस्ताव बैंकमा पेश गर्नु पर्ने हुन्छ ।

कुन बैंक तथा वित्तीय संस्थाबाट महिलाले कति कर्जा पाए ?
चालु आवको भदौ मसान्तसम्म २७ वटा वाणिज्य बैंक, १३ वटा विकास बैंक, ११ वटा फाइनान्स कम्पनी र २ वटा लघुवित्त संस्थाले महिलालाई कर्जा बिनाधितो सहुलियतपूर्ण कर्जा प्रवाह गरेका छन् । हाल २७ वाणिज्य, १८ विकास बैंक, १७ वटा फाइनान्स कम्पनी र ६९ वटा लघुवित्त संस्था सञ्चालनमा छन् ।

जसमा २७ वटा वाणिज्य बैंक ५४ हजार ३ सय ३७ जना महिलालाई ४९ अर्ब ९३ करोड ९९ लाख रुपैयाँ महिला उद्यमी कर्जा प्रवाह गरेका छन् । वाणिज्य बैंकहरुले सो अवधिमा कुल १ लाख २ हजार ८ सय ८२ जनालाई १ खर्ब ६२ अर्ब ४६ करोड रुपैयाँ बढी सहुलियपूर्ण कर्जा प्रवाह गरेका छन् । जसको ३०.७४ प्रतिशत हिस्सा महिलालाई प्रवाह गरिएको कर्जा हो ।

महिलालाई सस्तो ब्याजदरमा कर्जा प्रवाह गर्नेमा सबैभन्दा अगाडि सनराइज बैंक छ । बैंकले ३ वर्षमा २ हजार ८७० जना महिलालाई उद्यमशील बनाउन धितो बिनै ३ अर्ब १३ करोड २० लाख रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह गरेको हो ।

३ वर्षमा ११ वटा वाणिज्य बैंकले २ अर्ब रुपैयाँदेखि ३ अर्ब र १२ वटा बैंकले १ अर्बदेखि २ अर्ब र ३ वटा बैंकले १ अर्ब रुपैयाँभन्दा कम महिलालाई सस्तो ब्याजदरमा कर्जा दिएका छन् ।

यस्तै, १३ वटा विकास बैंकले ११ हजार ३ सय ७० जना महिलालाई ११ अर्ब ५० करोड ५ लाख रुपैयाँ सस्तो ब्याजदरमा बिना धितो कर्जा दिएका छन् । विकास बैंकहरुले चालु आवको भदौ मसान्तसम्म कुल १६ हजार ३६० जनालाई २२ अर्ब ४९ करोड ६७ लाख रुपैयाँ बढी सहुलियतपूर्ण कर्जा प्रवाह गरेका छन् । कुल कर्जामा विकास बैंकहरुले महिलालाई दिएको कर्जाको हिस्सा ५१.१२ प्रतिशत छ ।

महिलालाई सहुलियतपूर्ण कर्जा दिने विकास बैंकहरुमा सबैभन्दा बढी मुक्तिनाथ विकास बैंक अग्रस्थानमा छ । बैंकले ३ वर्षको अवधिमा ३ हजार १८० जना महिलालाई २ अर्ब ९३ करोड ६६ लाख रुपैयाँ बढी सहुलियतपूर्ण कर्जा प्रवाह गरेको हो । सो अवधिमा महिलालाई सहुलियपूर्ण कर्जा प्रवाह गर्ने विकास बैंकहरुमध्ये ४ वटा बैंकले १ अर्बदेखि २ अर्ब रुपैयाँसम्म र ८ वटा विकास बैंकले १ अर्ब रुपैयाँभन्दा कम यस्तो कर्जा प्रवाह गरेका छन् ।

सो अवधिमा ११ फाइनान्स र २ वटा माइक्रोफाइनान्स कम्पनीले महिलालाई सस्तो ब्याजदरमा सहुलियतपूर्ण कर्जा प्रवाह गरेका छन् । यी कम्पनीहरुले ३ वर्षको अवधिमा कुल ९ सय ८३ जनाल महिलालाई ९२ करोड ६१ लाख रुपैयाँ बढी कर्जा प्रवाह गरेका हुन् ।

जसमा सबैभन्दा बढी पोखरा फाइनान्सले ३ सय २१ जना महिलालाई ३४ करोड ६५ लाख रुपैयाँ बढी सहुलियतपूर्ण कर्जा प्रवाह गरेको हो ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्