काठमाडौं । चन्द्रागिरि हिल्स नोक्सानी घटाउँदै नाफा कमाउन तर्फ लागेको छ । गत वर्षमा ब्याहोरेको नोक्सानीलाई चालु आर्थिक वर्षमा ५५.५७ प्रतिशतले घटाउँदै कम्पनी नाफातर्फ उन्मुख भएको हो ।
कम्पनीद्वारा सार्वजनिक चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित अनुसार कम्पनीले एक वर्षमै ४ करोड ८४ लाख ३८ हजार रुपैयाँले नोक्सानी घटाएको हो । गत आवको पहिलो त्रैमाससम्म कम्पनी ८ करोड ७१ लाख ५९ हजार रुपैयाँ नोक्सानीमा थियो ।
चालु आवको सोही अवधिमा यस्तो नोक्सानी ३ करोड ८७ लाख २१ हजार रुपैयाँ कायम गर्न कम्पनी सफल भएको छ । कोरोना सङ्क्रमण जोखिमका कारण लामो समयसम्म बन्द रहेको चन्द्रागिरि हिल्ल सञ्चालनमा आएसँगै नोक्सानी घट्दै गएको हो ।
करिब २ वर्ष बन्द रहेर सञ्चालनमा आएसँगै कम्पनीको सञ्चालन आम्दानी समेत ४ करोड ६९ लाख रुपैयाँ बढीले थप भएको छ । गत आवको असोज मसान्तसम्म सञ्चालन आम्दानी सो अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३ करोड ७८ लाख १२ हजार रुपैयाँले ऋणात्मक थियो । चालु आवको सोही अवधिमा यस्तो आम्दानी ९१ लाख रुपैयाँले धनात्मक छ ।
सो अवधिसम्म कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ र जगेडा कोष ४३ करोड २२ लाख ८१ हजार रुपैयाँले ऋणात्मक छ ।असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ७१ रुपैयाँ ८२ पैसा, प्रतिसेयर कुल सम्पत्ति २ सय ३८ रुपैयाँ ७५ पैसा प्रतिसेयर बजार मूल्य १ हजार २ सय ८७ रुपैयाँ छ । कम्पनीको सो अवधिमा प्रतिसेयर आम्दानी भने २ रुपैयाँ ५२ पैसा ऋणात्मक रहेको छ ।
प्रतिक्रिया दिनुहोस्