Shikhar Insurance
National Life

महासंघलाई बीमा समितिको प्रतिप्रश्नः निर्जीवन बीमा महंगिन्छ भनेर कसले भन्यो ?

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ११, बिहीबार १८:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । बीमा समितिले निर्जीवन बीमा महंगिने कुरा सत्य नभएको बताएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले निर्जीवन बीमाको प्रिमियम वृद्धि गरी न्यूनतम सिमा तोकेको आरोप लगाएकामा त्यसो नभएको बताएको हो ।

महासंघले हिजोमात्र एक प्रेस विज्ञप्ती जारी गर्दै आयोजनाको लागत बढ्ने बताएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बीमा समितिले भने मुलुकमा व्यापार व्यवसायको बीमा गर्दा अस्वस्थ प्रतिस्पर्धा हुन नदिने उद्देश्यका साथ गैरमहसुल बीमा व्यवसायका लागि न्यूनतम प्रिमियम दर (मिनिमम प्रिमियम रेट फर नन–ट्यारिफ इन्स्यारेन्स बिजनेस) तोकेको स्पष्ट पारेको छ ।

समितिका अनुसार निर्जीवन बीमा अन्तर्गत अग्नी, मोटर, इञ्जिनीयरिङ्ग, सामुन्द्रिक, हवाई र विविध बीमा कमभन्दा कम प्रिमियम दरमा गर्ने गरिएका कारण बजारमा अस्वस्थ प्रतिस्पर्धा भएको भन्दै निर्जीवन बीमा कम्पनीहरुले न्यूनतम प्रिमियम दर कायम गर्न पटक पटक बीमा समितिसमक्ष आग्रह गर्दै आएका छन् । यसरी कमभन्दा कम प्रिमियम दरमा गरिएका निर्जीवन बीमाको पुनर्बीमा गर्न विभिन्न अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीहरुले अस्वीकार गर्ने गरेका र यस स्थितिमा निर्जीवन बीमाको दाबी भुक्तानीमा पनि समस्या पर्ने देखिएकाले समितिले न्यूनतम प्रिमियम दर तोक्नु परेको समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेल बताउँछन् ।

“जीवन बीमा वा निर्जीवन बीमा जुन गरे पनि बीमितको बीमा रकम सुरक्षित रहनुपर्दछ र बीमा कम्पनीहरुसँग भएका सम्झौता अनुसार बीमितले समयमा नै दाबी भुक्तानी पाउनुपर्दछ भन्नेमा समितिले जोड दिँदै आएको छ,” प्रवक्ता पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “सोही अनुसार बीमा कम्पनीहरुलाई निर्देशन दिने काम समेत हुँदै आएको छ ।”

नेपालमा बीमा कम्पनीहरुले गर्ने बीमाले अन्तर्राष्ट्रियरुपमा समेत मान्यता पाउने खालको हुनु आवश्यक छ । यसो भएमा नेपालमा बीमा कम्पनीहरुले गर्ने बीमाको पुनर्बीमा ख्यातिप्राप्त अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीहरुमा समेत हुने र बीमा कम्पनीहरुसँग भएको सम्झौता अनुसार बीमितले समयमै दाबी भुक्तानी पाउने अवस्था रहने समितिको ठहर छ ।

“मुलुकले अवलम्बन गरेको खुला बजार अर्थव्यवस्थालाई स्वच्छ एवम् पारदर्शीरुपमा अगाडि बढाउनका लागि बीमा क्षेत्रका तर्फबाट गर्नुपर्ने योगदान गर्न समिति सदैव तत्पर रहेको छ । न्यूनतम प्रिमियम दर लगायत बीमा क्षेत्रको विकास एवम् विस्तारका सम्बन्धमा निजीक्षेत्रबाट प्राप्त हुने सुझावहरुलाई समितिले सकारात्मकरुपमा लिनेछ,” विज्ञप्तिमा भनिएको छ, “साथै, बीमा क्षेत्रमा विद्यमान समस्याहरुको समाधान गर्दै नेपालको बीमा क्षेत्रलाई अन्तर्राष्ट्रिस्तको तुल्याउने कार्यमा निजीक्षेत्रको समेत महत्वपूर्ण भूमिका रहने हुनाले यसका लागि सहकार्य गर्न समिति नेपाल उद्योग वाणिज्य महासङ्घसँग आग्रह समेत गर्दछ ।”

GBIME

प्रतिक्रिया दिनुहोस्