Shikhar Insurance
National Life

साहस ऊर्जा र तेह्रथुम पावरको आईपीओ नेप्सेमा सूचीकृत, कसको ओपनिङ रेन्ज कति ?

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ११, बिहीबार १६:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । साहस ऊर्जा लिमिटेडको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको प्रतिकित्ता एक सय रुपैयाँ अंकित सर्वसाधारण र उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि बिक्री गरेको एक करोड पाँच लाख कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको दुई करोड ४५ लाख कित्ता सेयर गरी कुल तीन करोड ५० लाख कित्ता आईपीओ बिहीबार सूचीकृत भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएपछि उक्त कम्पनीको सेयर दोस्रो बजारमा आइतबारबाट कारोबार सुरु हुने नेप्सेले जनाएको छ । दोस्रो बजारमा सेयर खरिदबिक्रीका लागि १३५ दशमलव ११ रुपैयाँदेखि ४०५ दशमलव ३३ रुपैयाँ ओपन रेञ्ज निर्धारण गरिएको छ ।

यसैबीच तेह्रथुम पावर कम्पनीको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको प्रतिकित्ता एक सय रुपैयाँ अंकित ४० लाख कित्ता सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले सर्वसाधारणलाई बिक्री गरेको आठ लाख कित्ता, उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि बिक्री गरेको चार लाख कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको २८ लाख कित्ता सेयर सूचीकरण भएको छ ।

उक्त आईपीओको अब आइतबारबाट दोस्रो बजारमा कारोबार सुरु हुनेछ । नेप्सेका अनुसार दोस्रो बजारमा कारोबारका लागि ८४ दशमलव ७४ रुपैयाँदेखि दुई सय ५४ दशमलव २२ ओपन रेञ्ज निर्धारण भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्