Shikhar Insurance
National Life

फेरि बढ्यो सुनको मूल्य, तोलाको ९२ हजार ४ सय पुग्यो

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ११, बिहीबार ११:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पाँचौँ दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएकोमा बिहीबार ४०० सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ४०० रुपैयाँ कायम भएको हो ।

बिहीबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार २२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ७९० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिहीबार चाँदीको मूल्य स्थिर छ । बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ । बुधबार पनि सोही मूल्य कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ७१ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ ।

बुधबार नेपाली बजारमा सुनचाँदीकै मुल्य घटेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्