Shikhar Insurance
National Life

४ बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा, कसले किन्न मिल्छ ?

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ११, बिहीबार ०९:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । चारवटा बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा छन् ।

प्राइम कमर्सियल बैंकले नेरूडे लघुवित्तको ११ लाख ३५ हजार कित्ता सेयर सर्वसाधारणमा बेच्न लागेको हो । यी सेयर कात्तिक २३ देखि मंसिर १ गतेबीच बोलकबोलमार्फत सर्वसाधारमा बिक्री हुनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कुमारी बैंकले आफ्नो ३१ सय ६२ कित्ता संस्थापक सेयर अरू संस्थापकलाई बिक्री गर्ने उल्लेख गरेको छ ।

यसैगरी आईसीएफसी फाइनान्सले पनि संस्थापक सेयर अरू संस्थापकलाई बिक्री गर्ने उल्लेख गरेको छ तर कति कित्ता भने खुलाएको छैन ।

ज्योति विकास बैंकले १ लाख ८१ हजार ४ सय ७० कित्ता संस्थापक सेयर कात्तिक ११ देखि १७ गते बीचमा बोलकबोलमार्फत बिक्री गर्दैछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्