Shikhar Insurance
National Life

तिहार र मंसिर कुर्दै सुनबजार, मूल्य निरन्तर उकालो (आज कतिले बढ्यो ?)

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ९, मंगलवार १३:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । चाडपर्व नजिकिएसँगै सुनको मूल्य उकालो लाग्न थालेको छ । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोलामा दुई सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९२ हजार चार सय रुपैयाँ कायम भएकोमा आज दुई सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज छापावाल सुन प्रति १० ग्राम ७९ हजार तीन सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार एक सय रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार दुई सय ५६ रुपैयाँ कायम भएको छ । हिजो सोमबार पनि सोही मूल्य कायम भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्