Shikhar Insurance
National Life

९ वाणिज्य बैंकले टेरेनन् राष्ट्र बैंकको नियम, लाखौं जरिवाना तिर्नुपर्ने गरी यस्तो गरे कसुर

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ७, आईतवार २१:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालका एक तिहाई वाणिज्य बैंकहरुले राष्ट्र बैंकको निर्देशन नटेर्ने गरेको पाइएको छ । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये गत आर्थिक वर्षमा ९ वाणिज्य बैंकले केन्द्रीय बैंकले दिएको निर्देशन विपरित गएर कारोबार गरेको पाइएको हो ।

राष्ट्र बैंकको सम्बन्धित सुपरिवेक्षण विभागले गत आवमा गरेको अनुगमन तथा निरीक्षणमा दिइएको नीति निर्देशन विपरित कारोबार गर्ने वाणिज्य बैंकका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई हर्जना सहित कारवाही गरेको छ । यी वाणिज्य बैंकहरुले तोकिएको अनिवार्य नगद मौज्दात कायम नगर्दा, सम्पती सुदृढीकरण सम्बन्धी ऐन उल्लंघन गर्दा, प्राथमिकता प्राप्त क्षेत्रमा सीमासम्म लगानी नगर्दा तथा अन्य नीति निर्देशन विपरित गएर कारोबार गर्दा कारबाहीमा परेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हर्जना सहित कारबाहीमा पर्ने बैंकहरू लक्ष्मी, स्ट्याण्डर्ड चार्टर्ड, ग्लोबल आइएमई, राष्ट्रिय वाणिज्य, सिभिल, प्रभु, नेपाल बंगलादेश र हिमालयन हुन् ।

गत आवको विभिन्न त्रैमासमा यी बैंकलाई केन्द्रीय बैंकले कारवाही गरेको हो । जसमध्ये स्ट्याण्डर्ड चार्टर्ड, सिभिल र हिमालयन पटक-पटक तोकिएको नियम उल्लंघन गरी कारवाहीमा परेका हुन् ।

केन्द्रीय बैंकको वाणिज्य बैंक सुपरिवेक्षण विभागले गत आवको पहिलो त्रैमासमा एउटा, दोस्रोमा ३ वटा, तेस्रो त्रैमासमा २ वटा र चौथो त्रैमासमा ३ वटा बैंकलाई कारबाही र हर्जना तिराएको हो । यी बैंकले कुल ८८ लाख ८० हजार ६५७ रुपैयाँ जरिवाना तिरेका हुन् ।

कसलाई के कसुरमा कस्तो सजाय ?

गत आवको पहिलो त्रैमासमा लक्ष्मी बैंकले सम्पत्ति शुद्धिकरण सम्बन्धी निर्देशन अवज्ञा गर्दा २० लाख रुपैयाँ जरिवाना तिरेको थियो ।

राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागका अनुसार गत आवको दास्रो त्रैमासमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा प्रवाह नगर्दा ५७ लाख ८४ हजार ६१७ रुपैयाँ हर्जना तिरेको थियो भने अन्य निर्देशन समेत उल्लंघन गरी कारोबार गर्दा राष्ट्र बैंकले दोस्रो पटक कारवाही स्वरुप सचेत गराएको थियो ।

गत आवको दोस्रो त्रैमासमै ग्लोबल आइएमई बैंकले समेत दिइएको अन्य निर्देशन उल्लंघन गरी कारोबार गर्दा राष्ट्र बैंकले अन्तिम मौका दिँदै सचेत गराएको थियो ।

सोही अवधिमा नियम उल्लंघन गर्ने राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठलाई राष्ट्र बैंकले बोलाएर सचेत गराएको हो ।

गत आवकै तेस्रो त्रैमासमा सिभिल बैंकले सम्पत्ति सुद्धिकरण सम्बन्धी ऐन उल्लंघन गर्दा १० लाख रुपैयाँ जरिवाना र ऋणीसँग अप्रत्यक्ष रुपमा कारोबार गर्दा कारवाहीमा परेको थियो । ऋणीसँग अप्रत्क्ष रुपमा कारोबार गर्दा संस्थागत सुशासन सम्बन्धी व्यवस्थाको पालना नभएको भन्दै केन्द्रीय बैंकले बैंकका अध्यक्ष इच्छाराज तामाङलाई नसिहत दिएको थियो । बैंकका ऋणीसँग अप्रत्यक्ष कारोबार गरेको भेटिएपछि बैंकका अध्यक्ष तामाङ नसिहतमा परेका हुन् ।

 

यो पनि पढ्नुहोस्ः

यी हुन् राष्ट्र बैंकको नियम नमान्ने ५ फाइनान्स कम्पनी, एउटैलाई ४ पटकसम्म कारवाही !

राष्ट्र बैंकले गर्‍यो ६ बैंकलाई कारबाही, लाखौं जरिवाना तिर्नुपर्ने गरी के गरे गडबढी ?

 

साथै, सोही अवधिमा आफ्नो सहायक कम्पनी (प्रभु मनी ट्रान्स्फर) लाई ऋण दिएको भन्दै राष्ट्र बैंकले प्रभु बैंकलाई कारवाही गरेको छ । केन्द्रीय बैंकले प्रभुको तत्कालीन अध्यक्ष देवीप्रकाश भट्टचनसहित तत्कालीन सदस्यहरू र बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई सचेत गराएको हो । प्रभुका सीईओ अशोक शेरचनसहित तत्कालिन सञ्चालक समितिका अध्यक्ष भट्टचन, तत्कालीन सञ्चालकहरु रमेश सिंह खड्का, अम्बिका शर्मा, पुष्पबहादुर प्रधान, दक्ष पौडेललाई केन्द्रिय बैंकले सचेत गराएको हो ।

भट्टचनले अध्यक्षबाट राजीनामा दिइसकेका छन् । राष्ट्र बैंकको व्यवस्थाअनुसार सञ्चालक वा निजका एकाघर परिवारका सदस्यले १० प्रतिशतभन्दा बढी सेयर लिएको फर्म, कम्पनीलाई र संस्थालाई कर्जा सापटीरगैरकोषमा आधारित सुविधा प्रदान गर्न बन्देज लगाए पनि प्रभु मनि ट्रान्सफर र बैंकबीच कारोबार भएको भेटिएको थियो ।

निर्देशन विपरीत काम गरेको भन्दै विदेशी लगानीको बैंक नेपाल बंगलादेश बैंक, हिमालयन बैंक र प्रभु बैंक गत आवको चौथो त्रैमासमा केन्द्रीय बैंकको कारवाहीमा परेका छन् । यी बैंकहरुले तोकिएको अनिवार्य नगद मौज्दात/वैधानिक तरलता अनुपात कायम नगर्दा जरिवानामा परेका हुन् । नेपाल बंगलादेश बैंकले ३० हजार ३२४ रुपैयाँ २४ पैसा, प्रभु बैंकले ३५ हजार ६९५ रुपैयाँ १२ पैसा र हिमालयन बैंकले २ पटक गरी ३० हजार २१ रुपैयाँ जरिवाना केन्द्रीय बैंकलाई तिरेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्