Shikhar Insurance
National Life

बेष्ट फाइनान्सको वित्तीय विवरण सार्वजनिकः ३ महिनामै कमायो १२ करोड ११ लाख रूपैयाँ, ईपीएस बढ्यो

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ७, आईतवार १४:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले  चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा बेस्ट फाइनान्सको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढाएको छ । यस अवधिमा कम्पनीले १२ करोड ११ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ । फाइनान्सले दिएको विवरणअनुसार कम्पनीको नाफामा राम्रो सुधार आएको भन्न सकिन्छ ।

अघिल्लो वर्ष यसै अवधिमा कम्पनीको खराब कर्जा १४ दशमलव २६ प्रतिशत थियो । यसअनुसार कम्पनी ८९ लाख ९९ हजार रुपियाँ नोक्सानमा थियो । यस अवधिसम्म आउँदा कम्पनीको खराबकर्जा १० दशमलव २१ प्रतिशतले घटेर चार दशमलव ०५ मा झरेको छ । यसले नाफा बढाउन ठूलो सहयोग पुगेको देखिन्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसैगरी, कम्पनीको यस त्रैमाससम्म आइपुग्दा प्रतिसेयर आम्दानीमा आकर्षक वृद्धि भएको छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ६२ रुपैयाँ ८१ पैसाले बढेर ५८ रुपैयाँ ४७ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ३५ पैसा छ ।

यस अवधिसम्म आउँदा कम्पनीको खुद ब्याज अम्दानी भने तीन दशमलव ५७ प्रशितले घटेर दुई करोड ७२ लाख ५९ हजार रुपैयाँमा सीमित भएको छ । कम्पनीको यस अवधिसम्मको वितरण योग्य मुनाफा पनि २७ करोड २५ लाख रुपैयाँ ऋणात्मक छ ।

यस वर्ष सञ्चालन आम्दानी १३ करोड ८१ लाख ६७ हजार रुपैयाँ नाफामा छ । अघिल्लो वर्ष ६० लाख रुपैयाँ नोक्सानमा थियो । असोज मसान्तसम्ममा फाइनान्सको १२ करोड ६६ लाख ९८ हजार रुपैयाँ इम्पेरिमेन्ट चार्ज रिभर्स भएको छ ।

फाइनान्सको असोज मसान्तसम्म आउँदा कम्पनीको चुक्ता पुँजी ८२ करोड ८९ लाख १३ हजार रुपैयाँ छ भने जगेडा कोषमा ४७ करोड ९६ लाख ८४ हजार रुपैयाँ छ । यस अवधिसम्म आइपुग्दा कम्पनीले तीन अर्ब नौ करोड १६ लाख २० हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने दुई ३७ करोड ३८ लाख ७१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । असार मसान्तसम्म कम्पनीको आधारदर (बेसरेट)१० दशमलव ५८ प्रतिशत छ । कष्टअफ फण्ड सात दशमलव ०९ प्रतिशत छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्