Shikhar Insurance
National Life

धितोपत्र बोर्डमा नयाँ अध्यक्षको खोजी सुरु, को को छन् लबिङमा

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ७, आईतवार १०:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्षको खोजी सुरु भएको छ । सर्वाेत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएर भिष्मराज ढुंगानाले बर्खास्त भएपछि नयाँ अध्यक्ष खोज्ने औपचारिक प्रक्रिया आरम्भ भएको हो । राष्ट्रिय योजना आयोगका सदस्य राम कुमार फुयालको संयोजकत्वमा छनौट समिति गठनको टिप्पणी उठिसकेको छ र त्यसमा आज भोलि  सोमबार नै अर्थमन्त्री जनार्दन शर्माले हस्ताक्षर गर्नेछन् ।

१५ दिनको सार्वजनिक सूचना प्रकाशित गरेर दरखास्त आह्वान गरिनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्री रहेकाले पनि बोर्ड अध्यक्ष माओवादी निकटकै व्यक्तिले पाउने अनुमान गरिएको छ । उच्च श्रोतका अनुसार बोर्ड अध्यक्ष नेकपा माओवादी केन्द्रले लिने र नेपाल स्टक एक्सचेञ्जको सीईओ काँग्रेस निकटले लिने समझदारी बनेको छ । नेकपा(एस)ले पनि बोर्ड अध्यक्षमा दावी गरेको छ ।

बोर्ड अध्यक्षका लागि माओवादी निकट बोर्डका उप कार्यकारी निर्देशक डा. नवराज अधिकारीलाई प्रवल दावेदार मानिएको छ । उनी प्रचण्डको टाढाका नातेदार समेत हुन् । त्यस्तै, बीमा समितिका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईंले पनि दौडधुपलाई तीब्र बनाएका छन् ।

चापागाईंलाई प्रचण्ड प्रधानमन्त्री र कृष्ण बहादुर महरा अर्थमन्त्री हुँदा बीमा समितिको अध्यक्ष नियुक्त गरिएको थियो । चापागाईंले प्रचण्डका भाई नारायण दाहालमार्फत लबिङ गरिरहेका छन् । चापागाईंलाई कोरोना बीमा पोलिसी ल्याएर बीमा बजार बिगारेको आरोप लाग्दै आएको छ । यद्यपि उनी बीमा बजार विस्तारमा भने आक्रामक देखिएका थिए ।

चापागाईंले नयाँ बीमा कम्पनीलाई लाइसेन्स बाँडेर माओवादी केन्द्रलाई चुनाव खर्च जुटाइदिएको बताइन्छ । दुवै उम्मेदवारले माओवादी निकट व्यवसायीमार्फत पनि दबाव बढाइरहेका छन् ।

उता, बोर्डकै कार्यकारी निर्देशक निरज गिरीले पनि लबिङ तीब्र बनाएका छन् । काँग्रेसको भागमा बोर्डका नेतृत्व परेको खण्डमा गिरीलाई पनि बलियो प्रतिष्पर्धी मानिएको छ । त्यसका अलवा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकद्वय डा. गोपाल भट्ट र शिवनाथ पाण्डेको नाम पनि चर्चामा छ । नेप्सेका पूर्व सीईओ सिताराम थपलियाले पनि बोर्ड अध्यक्ष बन्ने इच्छा देखाएका छन् ।

सर्वाेत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएर नेप्सेको सीईओबाट राजीनामा गरेका चन्द्रसिंह साउदले पनि बोर्ड अध्यक्ष बन्ने चाहना राखेका छन् । तर, उनलाई पुनः नेप्सेकै सीईओ बनाउने आश्वासन प्राप्त भएको बताइन्छ । साउदलाई प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाको आशीर्वाद छ ।

नेकपा(एस) निकट चाटर्ड एकाउन्टेन्ट कृष्ण आचार्यले पनि बोर्ड अध्यक्षमा इच्छा देखाएका छन् । आईक्यानका पूर्व अध्यक्ष समेत रहिसकेका आचार्य कर्मचारी सञ्चय कोषका समेत पूर्व प्रशासक हुन् । उनलाई नेकपा(एस)का अध्यक्ष माधव कुमार नेपालले अध्यक्ष बनाउने आश्वासन दिएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्