Shikhar Insurance
National Life

संबिधान र कम्युनिष्ट आन्दोलन जोगाउन बिद्रोहः नेता भट्ट

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ७, आईतवार ०९:०४
Hyundai
NCELL
NIMB

बैतडी । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय पोलिटव्युरो सदस्य परमानन्द भट्टले संविधान र कम्युनिष्ट आन्दोलन वचाउनका लागि विद्रोह गरेको बताएका छन्। हिजोदेखि बैतडी सदरमुकाममा जारी जिल्ला कमिटीको बैठक शनिवार सम्पन्न भएपछि एकीकृत समाजवादी पार्टीको जिल्ला कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रथम बैठकले गरेका निर्णय सार्वजनिक गर्नेक्रममा भट्टले उक्त कुरा बताएका हुन ।

उनले भने दुईतिहाई सरकार को नेतृत्वको गरिरहेका केपी वलीले संविधानमाथी प्रहार गरेपछि नेपाली काग्रेस लगायत पाँच दलिय गठबन्धन ले प्रतगमनलाई परास्त गरेको बताएका हुन्। सैद्वान्तिक कुरामा एकमत नभएपनि संविधान र देशको रक्षाका लागि नेपाली काग्रेससित ०४६, ०६२।६३ को जनआन्दोलनमा नेपाली काग्रेस लगायत लोकतान्त्रिक दलहरूसित सहकार्य गरिएको वताउदै पछिल्लो समय केपी वलीले संविधानमाथिनै प्रहार गरेपछि पाँच दलिय गठबन्धनले उनलाई परास्त गरेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘केपी ओलीले पटक पटक संविधानमाथी प्रहार र पार्टीमा विधि र पद्वती मिचेकै कारण संविधान र कम्युनिष्ट आन्दोलन बचाउन बिद्रोह गरेका हौं’, उनले भने। नेकपा (एस)ले जिल्ला सदरमुकाम बैतडीमा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत बैठकका निर्णयहरु समेत सार्वजनिक गरिएको हो ।

बैठकले बाढी पहिरो पीडितका लागि राहात, पुर्नस्थापनाका लागि सरकारलाई दबाव दिने, स्थानीय सरकारहरुमा भईरहेको भ्रष्टाचार लगायत सार्वजनिक मुद्दामा बहस गर्ने, विकास निर्माणमा हुने कामको ढीलाईका बारेमा स्पष्ट नीति तथा कार्यान्वयन पक्षलाई जिम्मेवार बनाउन दबाव दिने, पार्टी संगठन विस्तारका काममा सिंगो कार्यकर्ता परिचालन गर्ने लगायतका निर्णयहरु गरेको छ ।

अबको तीन महिनामा पार्टी संगठन विस्तारको कामलाई तिब्रता दिनुका साथै विभिन्न जनवर्गिय संगठनहरुको निर्माण समेत गर्ने निर्णय भएको पोलिटव्युरो सदस्य एवम् जिल्ला ईन्चार्ज भट्टले बताए । उनले भने– ‘हामी अब पार्टी संगठन विस्तारको कामलाई तिब्रता दिनुका साथै आम जनताका साना देखि ठुला मुद्दाहरुमा केन्द्रत हुन्छौँ ।’ भट्टका अनुसार प्रत्येक वडाहरुमा एक हजार संगठित सदस्य बनाउने लक्ष्य नेकपा (एस)ले दिएको छ ।

पत्रकार सम्मेलनमा उपस्थित नेकपा (एस) का प्रदेश सहसचिव एंव सुदूरपश्चिम प्रदेशका पुर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले आफ्नो पार्टी अहिले पनि सरकारमा भएकाले जनजिविकाका सवालहरुमा सरकारलाई सुझाव सल्लाह दिने बताइन । पार्टी संगठन निर्माणका कामलाई पनि आफुहरुले तिब्रता दिएको उनको भनाई छ ।

कार्यक्रममा उपस्थित नेकपा (एस) का जिल्ला अध्यक्ष महादेव भट्टले विगतमा भएका गल्ति कमजोरीहरुलाई सुधार्दै नेकपा (एस) पार्टी अब बलियो पार्टीका रुपमा स्थापित हुने दाबी गरे । उनले भने ‘अबको हम्रो काम जनतासंगै सहभागि भएर विकास, समृद्धि र शुसासनका लागि हुन्छ ।’ उनका अनुसार आम जनतालाई केन्द्रमा राखेरमात्रै पार्टीले विभिन्न निर्णय तथा कामहरु गर्ने छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्