Shikhar Insurance
National Life

महिला लघुवित्तको लाभांश संशोधन, यसअघि घोषणा गरेभन्दा बढी बोनस सेयर दिने (अब कति ?)

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ५, शुक्रबार ११:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । महिला लघुवित्तले लाभांश संशोधन गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कुल लाभांश यथावत् राखेर बोनस सेयर र नगद लाभांशको दर हेरफेर गरिएको हो ।

महिलाका लगानीकर्ताहरुले ५० प्रतिशत नै लाभांश पाउने छन् । तर, त्यसमा ४७.५ प्रतिशत बोनस सेयर र २.५ प्रतिशत नगद लाभांश (कर प्रयोजन) हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसअघि कम्पनको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट लगानीकर्तालाई ४५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश(कर प्रयोजनसहित) दिने निर्णय गरेको थियो ।

नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाबाट पारित गरेपछि लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् । यो लाभांश प्रस्ताव यसपालीको उच्च हो ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्